
अन्ततः सुमन सिंह र झरना थापा अभिनित 'पहिलो माया हो मेरो' को दुबईबाट वर्ल्ड प्रिमियर भएको छ l फिल्मले दुबई र दुबई आसपास रहने नेपालीहरुको माया र साथ पायो ।

बिभिन्न तनावका विच सुटिङ सक्न लागेको फिल्म मञ्जरीको युनिटलाई अन्तिम समयमा आएर अझ ठूलो तनाव आईपरेको छ । कहिले कलाकारको दुर्घटना त कहिले चर्को घामले गर्दा कलाकार बिरामी भएका कारण समस्यामा रहेको सो फिल्म युनिटको माईको बसले आज दुई महिलालाई ठक्कर दिएपछि अर्को तनाव झेल्नु परेको हो ।

पब्लिसिटीमा पूर्ण सफल भएको दिनेश डिसी निर्देशित फिल्म मायाज बारले ओपनिङ उत्साहजनक गरेको छ । एक करोड ३५ लाख बजेटको उक्त फिल्मले राजधानीका १९ पर्दाबाट शत प्रतिशत अकुपेन्सी सहित नाईट शो बाहेक आज १२ लाख ग्रस कलेक्सन गरेको छ ।

कहिले पानीका कारण लफडा त कहिले गाडी दुर्घटनामा लफडा अनि कहिले सुटिङ लम्बिएर लफडा यि यस्तै बिबिध लफडाका बाबुजत फिल्म लफडाको सुटिङ सकिएको छ ।

बाल्यकालमा स्कुलबाट भागी भागी बाग्लुङको पुजा हलमा फिल्म हेर्न कुद्ने यी बाग्लुङे युवा यतिबेला फिल्मको नायक बनिसकेका छन् । केहि वर्षको निरन्तर संघर्ष पछि यी युवाले आफ्नो नामको अगाडी नायक संगै निर्माताको ट्याग पनि भिराईसकेका छन् ।

झापाको भद्रपुरका २०४० सालमा जन्मेका नायक निरज बरालले आज आफ्नो २९ औं जन्मदिन मनाउँदै छन् ।