Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीजको पक्ष र विपक्षमा अभिनेत्री

फिल्मीखबर, काठमाण्डौ, 2013/07/28

पछिल्लो केही वर्ष यता देखिएको तीज मनाउने शैली प्रति नेपाली अभिनेत्री ठिक र बेठीकमा उभिएका छन् । एक महिना अगाडी देखि नै दर खाने तथा महंगा पहिरनमा आफुलाई प्रस्तुत गर्ने पर्वको रुपमा चित्रण हुँदै गएको तीज प्रति अभिनेत्री करिश्मा मानन्धर र रेखा थापा विपक्षमा उभिएका छन् । अभिनेत्री झरना थापा, प्रियंका कार्की र ऋचा शर्मा भने यस शैलीको पक्षमा देखिएका छन् ।

 

एक महिना अगाडी देखि हुने तीज बिशेष कार्यक्रमको सहभागितामा अभिनेत्री करिश्मा मानन्धरले बहिस्कारको मनस्थिति बनाएकी छिन् । करिश्मा भन्छिन्- 'एक महिना अगाडी बाटै तीज मनाउनु भनेको वाहियात लाग्छ । यस वर्ष देखी यस्ता कार्यक्रममा नजाने निर्णय लिएकी छु ।' विभिन्न संघ संगठनले गर्ने तीज विशेष कार्यक्रममा करिश्मा प्रमुख आकर्षकको पात्र बन्ने गरेकी थिइन् ।

 

यो वर्ष पनि अभिनेत्री रेखा थापाले एक महिना अगाडी गरिने तीज कार्यक्रमलाई बहिस्कार गर्ने छिन् । तीजलाई सम्पूर्ण तहका महिलाले मनाउन सक्ने वातावरण बन्नु पर्ने रेखाको भनाई छ । 'रमाइलो र भेटघाट गर्न तीज नै कुर्नु पर्दैन,' अभिनेत्रीबाट नेतृ बनेकी काली रेखा भन्छिन्- 'प्रविधिको विकासले हामी चाहेको समयमा सम्पर्कमा बस्न सक्छौं । त्यसकारण महिना दिन अगाडी तीजको नाममा गरिने कार्यक्रम त्यती उचित होला जस्तो मलाई लाग्दैन ।'

 

 

अर्की थापा अभिनेत्री झरना भने तीजलाई रमाईलो गर्ने अवसरको रुपमा लिन्छिन् । तीजका कार्यक्रममा गत वर्ष राम्रै सहभागिता जनाएकी झरनाले यो वर्ष भने रमाईलोसँग तीज मनाउने छैनन् । उनकी सासु केदारनाथको बाढीमा बेपत्ता भएकी छिन् । त्यस्तै अभिनेत्री प्रियंका कार्की पनि तीजलाई रमाइलो र भेटघाटको अवसरका रुपमा लिन्छिन् । उनी यस वर्षको तीजमा फिल्म सुन्तलीको सुटिङमा व्यस्त हुनेछिन् ।

 

अभिनेत्री ऋचा शर्मा तीज पर्वलाई नारी स्वतन्त्रतासँग व्याख्या गर्छिन् । ऋचा भन्छिन्- 'एक आपसमा भेटघाट हुने उचित अवसर हो । पर्वको विरुद्धमा लाग्नुपर्छ जस्तो मलाई लाग्दैन ।'