मायाप्रेम, विश्वास र शंकाको चिहानलाई पारिवारिक कथाको रूपमा प्रस्तुत गरिएको फिल्म 'चिहान'को गीत रिलिज गरिएको छ । शंकाले परिवारमा कस्तो समस्या उत्पन्न गराउँछ भन्ने कुरालाई सस्पेन्स तरिकाले प्रस्तुत गरिएको यो फिल्मलाई बद्री कृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् ।
प्रस्तुत सार्वजनिक गीतमा रेखा पौडेलको संगीत, प्रमोद खरेलको स्वर तथा निर्देशक श्रेष्ठको शब्द रहेको छ । रमेश थापा र बिधा श्रेष्ठले निर्माण गरेको चिहानको कथा निर्देशक बद्री कृष्णले नै लेखेका हुन् । फिल्ममा निरज बराल, पूजना प्रधान, अनुपा कार्की, भवेश पराजुली, चन्दा दाहाल, बालकलाकार प्रनिष्णा केसी लगायतको अभिनय रहेको छ । फिल्मलाई बिरेन्द्र शाहले खिचेका हुन् भने द्धन्दनिर्देशन अष्ट महर्जनको रहेको छ ।

