
रियल लाईफमा हिरो जीवन लुईटेल विवाहित हुन यो कुरा धेरैलाई थाहा छ तर आज फिल्मीखबरले उनको नयाँ अनस्क्रिन अफएरको खबर सार्वजनिक गर्दैछ । रेखा थापाबाट सुरु भएको उनको अनस्क्रिन अफएर यात्राको तीर अब नीता ढुङगाना तर्फ सोझिएको छ ।

पछिल्लो दुई दशकको ईतिहास पल्टाउदै नेपाली फिल्ममा पुरूष पार्श्व गायनको प्रतिशत डाटा खोज्ने हो भने राजेश पायल राईले ३५ प्रतिशत फिल्ममा आफ्नो स्वर दिएको रेकर्ड फेला पार्न सकिन्छ ।

नेपालको राजनैतिक परिवेशमा आधारित रहेर निर्माण गरिएको फिल्म 'नागरिक' को सुटिङ प्याकअप गरिएको छ । ३८ दिनमा सुटिङ प्याकअप गरि आज राजधानीमा इन्डक्ल्याप पार्टीको समेत आयोजना गरियो ।

आशा ठूलै थियो तर 'नहुनु मामा भन्दा कानो मामा ठिक' भने झैं अन्य राजनीतिक दलबाट पाएको मौखिक आस्वाशन भन्दा माथी बढ्दै प्रचण्ड पहलले एक करोड निकासा हुने भएपछि फिल्मकर्मी केही हद सम्म दङ्ग छन् ।

महानायक राजेश हमाललाई विश्व वन्यजन्तु कोष नेपालका सदभावना दूत घोषणा गरिएको छ । तेस्रो बाघ संरक्षण दिवसका अवसर पारेर आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका विच हमाललाई बाघ संरक्षणका लागि सदभावना दूत घोषणा गरिएको हो ।

पार्टी भित्रको आन्तरिक विवादमा फसेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज फिल्मकर्मीलाई टाईम दिएका छन् । अपरान्ह तीन बजे चलचित्र बिकास बोर्डको नेतृत्वमा केही फिल्मकर्मी माओवादी मुख्यालय पेरिस डाँडा पुगी आफ्ना समस्या प्रचण्ड सामु राख्ने कार्यक्रम छ ।