
अभिनयका खानी विल्सन विक्रम राई भगवान शंकर अर्थात् भोलेबाबाको चरणमा पुगेका छन् । आज शुक्रबारबाट देशव्यापी रिलिज हुन लागेको फिल्म 'नेपथ्य'लाई सफल बनाईदिन आग्रह गर्दै राईले भोलेबाबाको चरण परेका हुन् ।

नेपाली फिल्मी अनलाईन पत्रकारिताको अग्रणी वेभ पत्रिका फिल्मीखबर डट कमको प्रस्तुतीमा यहि जेठ २६ गतेका दिन राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न हुन लागेको 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०'को तयारी अन्तिम चरणमा पुगेको छ।

दुई बर्ष अगाडी रिलिज भएको सफल फिल्म 'श्रीमान' निर्माण गरेका कल्याण घिमिरेले आफ्नो पछिल्लो फिल्म 'महसुश' निकै राम्रो बनेको बताएका छन् । 'श्रीमानलाई दर्शकले निकै रूचाईदिनु भयो । मसशुस त्यो भन्दा राम्रो छ त्यसैले दर्शकले पक्कै मन पराउनुहुनेछ,' कल्याणले भने ।

नेपाललाई एकिकरण गरेका राजा पृथ्वीनारायण शाहले किर्तिपुर माथी हमला गरेको कथालाई पर्दामा उतार्ने प्रयास गरिएको छ । पहिलो पटक ठूलो पर्दामा निर्देशनको अनुभव लिंदै प्रदीप खड्गीले 'किर्तिपुर' नामक फिल्म निर्माण गरेका हुन् । यो फिल्ममा पृथ्वीनारायण शाहले किर्तिपुर माथी बिजयी प्राप्त गर्नु पूर्वको युद्दको कथालाई उतारेको बताईएको छ ।

यहि जेठ २४ गते 'सुपारी' नामक फिल्म रिलिज हुने भएको छ । प्रचारप्रसारमा सुस्त देखिएको यो फिल्मसँगै नेपथ्य र दृष्टिकोण पनि रिलिज हुनेछ ।

'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०' को अगाडी मिन्स्क थपिएको छ । यानकी मिन्स्क लक्जरी ओफाको मुख्य प्रायोजकको रूपमा आएको छ । बुधबार फिल्मीखबर मिडिया अध्यक्ष सुमन गैरे र सन्नी डिस्टिलरीको तर्फबाट सन्तोषराज केसीले अवार्डको टाईटल स्पन्सरका लागि सहमती पत्रमा हस्ताक्षर गरे ।

