
कोही निर्माता जोगी भएर पोष्ट-प्रोडक्सनको चरणमा नपुगी हराएका छन् त कोही पोष्ट-प्रोडक्सन सिध्याएर पनि पब्लिसिटि गर्न नसक्दा त्यतिकै थन्किएका छन् । यसै विच तीन बर्ष अघि निर्माण भएको तर विभिन्न कारणले थन्किएको फिल्म सूर्य-चन्द्र आउँदो शुक्रबार देखि रिलिज हुने भएको छ ।

भाद्र २९ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'फेसबुक' को गीत सार्वजनिक गरिएको छ । सिंगापुरमा छायाँकन गरिएको उक्त सार्वजनिक गीतमा नायिका झरना थापालाई नयाँ हिरो स्वतन्त्र प्रताप शाहले साथ दिएका छन् ।

स्टेजबाट कलाकारिता सुरू गरेका शंकर आचार्यले आफूले निर्देशन गर्ने फिल्मको नाम 'लभ फरइभर' जुराएका छन् । सोमबार राजधानीको ए वान म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङमा भेटिएका शंकरले प्रेमकथामा आधारित रहेर उक्त नाममा फिल्म निर्माण तथा निर्देशन गर्न लागेको बताए ।

केही दिन अघि मात्र करेन्ट लागेर गम्भीर घाईते भएका प्रमिशका एक प्राविधिक निको हुन नपाई अर्का प्राविधिक घाईते भएका छन् । चाबहिल आरुबारी स्थित भुत घरमा सुटिङ चलिरहँदा प्रमिशको टिममाथि दैविक शक्तिले पटक पटक प्रहार गरेको हो ।

आई एम सरीको अष्ट्रेलिया रिलिजको लागि के कारणले आर्यनले भिसा पाउन सकेनन् त्यो खुल्न सकेको छैन तर हिरो बिम्लेस अधिकारीले अष्ट्रेलियन एम्बेसीबाट तीन महिनाका लागि भिसा पाएका छन् ।

झट्ट हेर्दा निर्देशक दीपेन्द्र के खनाल स्वामी बन्ने तयारीमा लागेको देखिन्छ । सदाजसो 'क्लिन फेस' मा देखिन दीपेन्द्र अहिले लामो दार्हीमा देखिन थालेका छन् । कारण के होला त भन्ने जिज्ञासामा दीपेन्द्रले भने, 'अहिले म भिजिलान्ते भएको छु केहि दिनमा झोले बन्छु र त्यसपछि स्वामी बन्ने छु ।'