Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पद मर्यादा क्रमको असन्तुष्टिमा रायमाझीको राजिनामा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/28

चलचित्र निर्माता संघको सात सदस्यिय सल्लाहकार समितिबाट सदस्य रमेशजंग रायमाझीले राजिनामा दिएका छन् । केही साता अघि उनले अध्यक्ष राजकुमार राई समक्ष दिएको राजिनामा पत्रलाई हिजो बसेको कार्य समिति बैठकले स्विकृत गरेको हो ।

 

अध्यक्ष राईको पहिलो कार्यकाल देखी नै सल्लाहकार समिति सदस्य रहेका रायमाझीले पद मर्यादा क्रमलाई असन्तुष्टी जनाउँदै आफ्नो पदबाट राजिनामा दिएको अध्यक्ष राजकुमार राईले बताए । सात सदस्यको छैठौं स्थानमा रहेका रायमाझीले आफ्नो पद क्रम चौथो स्थानमा हुनुपर्ने अड्डी कसेको अध्यक्ष राईको भनाई छ । नाइँ नभन्नु ल र मलाई मन पर्‍यो नामक दुई मात्रै फिल्म निर्माण गरेका रायमाझीले पनि पद मर्यादा क्रममा आफ्नो असन्तुष्टी रहेको स्विकार गरेका छन् ।

 

आफ्नो राजिनामा बारे उनले भने- 'कार्य समितिमा थपिनु भएका सदस्य भन्दा मेरो रोल क्रम तल भएपछि पदबाट राजिनामा दिएको हुँ ।' उनले आगामी संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसको कोटाबाट मोरङ क्षेत्र नम्बर ८ बाट उम्मेरद्धारी दिने भएकाले पनि सल्लाहकार समितिबाट राजिनामा दिएको बताए । निर्माता रायमाझी नेपाली काङग्रेस पार्टीका मोरङ जिल्ला सदस्य हुन् ।

 

त्यस्तै हिजोको कार्य समिति बैठकले राष्ट्रिय चलचित्र नीति निर्माण समितिमा चलचित्र संघको प्रतिनिधि पनि छानेको छ । चलचित्र वर्गीकरण प्रतिनिधिमा मावध वाग्ले र हल वर्गीकरण प्रतिनिधिमा महासचिव भट्टराईलाई सिफारिस गरेको छ । राष्ट्रिय चलचित्र नीति निर्माण समितिलाई आधिकारीक राय भने संघले यही साता भित्र पठाइने विशालनगर स्थित चलचित्र संघको कार्य समिति बैठकले निर्णय गरेको छ ।