
विश्वको चर्चित तथा पुरानो भेनिस फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म 'बाँसुल्ली' ले स्थान पाएको छ । आगामी भदौ १३ देखि २३ सम्म इटालीमा हुने ६९ औं संस्करणको उक्त फेस्टिभलमा निश्चल बस्नेत र देवकी राईले निर्माण गरेको १५ मिनेटको 'बाँसुल्ली' छनोट भएको हो ।

अभिनेत्री मनिषा कोईरालाले आफ्नो दुई बर्षे बैबाहिक जीवनलाई पूर्णविराम लगाएको भारतिय अनलाईनहरूले जनाएका छन् ।

निर्माता सुनिल मानन्धरले गरेको पूर्व दावी अनुसार मायाज बारले आज १९ वटै हलमा हाउसफूल विजनेश गर्दे पहिलो दिनको कलेक्सन रेकर्ड तोडेको छ । हिजो शुक्रबार सो फिल्मले १२ लाख माथिको ब्यापार गरेको थियो भने आज २० लाख बढीको ब्यापार गरेको छ ।

निर्देशक विमल पौडेलद्धारा निर्देशित तथा यौवन राजभण्डारी निर्मित फिल्म नागरिकको छायाँकन अन्तिम चरणमा पुग्दा फिल्मकी नायिका अनु शाहले गैर जिम्मेवारीपूर्ण किसिमले गरेको काम र अनावश्यक रुपमा मिडियामा सस्तो लोकप्रियताका लागि नागरिकको बारेमा झुटा बोल्दै हिंडेको प्रति नागरिक युनिटले गुनासो गर्यो ।

नेपाली फिल्म काठमाण्डूका निर्देशक तथा नायक आकाश अधिकारीले नेपाली फिल्मले अब विदेशमा पनि बजार पाउने बताएका छन् । दर्शकको परिवर्तित चाहना र अत्याधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको फिल्मले अब विदेशी बजार पाउन ठूलो दुःख नहुने उनले बताए ।

प्राप्त नम्बरलाई हेर्ने हो भने निर्देशक दिनेश डिसीले मायाज बार मार्फत डिस्टिङ्सन ल्याएका छन् ।