Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर्देशकबाट असन्तुष्ट निर्माता घिमिरे निर्देशनमा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/29

आफ्नो मान्छे आफ्नै हुन्छ र श्रीमान् श्रीमती फिल्म निर्माण गरेका मुनाल घिमिरेले अब आफै फिल्म निर्देशन गर्ने भएका छन् । आफूले निर्माण गरेका दुबै फिल्मबाट सोचेअनुरूपको रिजल्ट नपाएकाले निर्देशनमा हात हाल्न लागेको मुनालले बताए ।


भाद्र पहिलो साताबाट सुटिङ शुरू गर्ने योजनाका साथ हाल दाङमा लोकेशन हन्टिङ गरिरहेका मुनालले फिल्मीखबरसँग कुरा गर्दै भने- 'फिल्ममा जे देखाउन खोजेका थियौं त्यो शत प्रतिशत देखिएन । त्यसैले म आफै निर्देशनमा आउन लागेको हुँ ।' उनले आफूले निर्माण गरेको फिल्मका निर्देशक प्रति सन्तुष्ट नरहेको छनक देखाए । 'उहाँले आफ्नो तर्फबाट राम्रो गर्नुभएको होला तर म सन्तुष्ट भईन,' मुनालले भने ।

 

आफ्नै इच्छाले बिबाह गर्न पाउनुपर्छ भन्ने थिम बोकेर युवापुस्ता केन्द्रित फिल्म 'हे...ब्युटीफुल' निर्देशन गर्न लागेका मुनालले दयाहाङ राई, सुवास थापा, शिखा शाही, अर्जुन श्रेष्ठ, गणेश उप्रेती लगायतका कलाकारलाई एक्सन कट भन्ने छन् । रोम ओली, नबिन श्रेष्ठ, लक्ष्मण पौडेल र केशब श्रेष्ठको लगानी रहने यो फिल्मको कथा मुनाल र प्रकाश घिमिरेले तयार पारेका हुन् ।

 

मध्यपश्चिम र काठमाण्डौ आसपासमा सुटिङ हुने बताईएको यो फिल्ममा संगीतकार विपिन सागर र करण कार्की, द्धन्दनिर्देशक रोशन श्रेष्ठ तथा करियोग्राफर गम्भिर बिष्ट फाईनल भएको मुनालले जानकारी दिए । फिल्मको बजेट ४० लाखको हाराहारीमा रहने बताईएको छ ।

 

मुनालले यसअघि पर्खाल र यातना टेलिफिल्म तथा खबरदार नामक भिडियो फिल्म निर्देशन गरेका थिए । अरूबाट असन्तुष्ट यि निर्माताले दर्शकलाई कत्तिको सन्तुष्ट बनाउँछ ? पर्खाईको बिषय बन्ने छ ।