भाद्र १४ गतेबाट देशभर एकैसाथ प्रर्दशनमा आउन लागेको फिल्म बाउन्सरको प्रचारप्रसारका लागी निर्माण युनिट अहिले देश दौडाहमा निस्केको छ । युनिटमा फिल्मका प्रस्तुतकर्ता एवं नायक प्रशान्त गिरी, कलाकार प्रज्जयुल गिरी, निर्देशक मदन घिमिरे र बितरक केदार पराजुली रहेका छन् ।
बर्तमान अबस्थामा नेपाली फिल्मको बजार र ब्यापार सहित दर्शकहरुको मनासाय बुझ्ने उद्देश्यले बाउन्सर टोली जिल्लाका सञ्चारकर्मीहरू सँगको अन्तरकृयामा जुटेको निर्देशक घिमिरेले बताए । टोली पोखरा, बुटवल, नारायणघाटको भ्रमण सकाएर आईतबार हेटौंडा आईपुगेको हो । हेटौंडाका सञ्चारकर्मीसँगको कुराकानीमा फिल्म बाउन्सरको बारेमा जानकारी गराउँदै निर्देशक घिमिरेले बाउन्सर एक्सन ओरेन्टेड रहेको बताए ।

रेष्टुरेन्टको रक्षार्थ राखिने बाउन्सरले रेष्टुरेन्टका लागी कत्तिको ईमान्दारिता पालाना गर्छ भन्ने कुरा फिल्मले उठान गरेको बताईएको छ । आजभोली ठुलाठुला रेस्टुरेन्टहरुमा हुने गरेका अपराधिक गतिबिधिलाई रोक्न बाउन्सर राखिने गरिएको र यही कुरालाई फिल्ममा छर्लङ बनाईएको प्रस्तुतकर्ता एवं नायक प्रशान्तले बताए । फिल्मको प्रर्दशनको लागी सम्पुर्ण तयारी भएको बताउँदै दर्शकहरुले मन पराउनेमा आफुहरु बिश्वस्त रहेको गिरीको भनाई छ ।
फिल्ममा समाबेश अर्जुन पोखरेलको शब्द तथा संगीत र बबिता मान्नधरले स्वर दिएको 'नाचि नाचि नक्कली बाउन्सरको साथमा...' र शिब परियारले स्वर दिएको 'शिशा फुटेसरी...' बोलको गीतले यतिबेला बजार पाईसकेको छ । फिल्मलाई राम गिरी, युद लामा र श्रीहरी श्रेष्ठले निर्माण गरेका हुने भने सहायक निर्देशन अनमोल शर्माले गरेका हुन् । यस्तै फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन, हिमाल केसीको द्धन्दनिर्देशन, कविराज गहतराजको करियोग्राफी रहेको छ ।

