Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पीपल माथि निर्देशकको सुनौलो सपना

फिल्मीखबर, काठमाण्डौ, 2013/07/29

एक समयका सक्रिय निर्माता तथा निर्देशक अहिले फिल्म निर्माणमा निस्क्रिय छन् । फिल्म रिलिजबाट नाफा नहुने भएपछि निर्माता निर्देशक फिल्म क्षेत्रको विकल्पमा देखिएका हुन् । तर, ग्राभेल नभएको फिल्मी गोरेटोमा सफल हुने सुनौलो सपना देख्नेको भिड भने रोकिएको छैन ।

 

निर्माणधिन फिल्ममा नयाँ निर्माता निर्देशककै बाहुल्यता रहेको छ । सफल हुने सपना बोकेर फिल्म क्षेत्रमा प्रवेश गर्नेको हुलमा बुटवल जिल्लाका व्यवसायी निरञ्जन कसजु (माइला) पनि थपिन आएका छन् ।

 

फिल्म 'पीपल' मार्फत कसजुले नेपाली फिचर फिल्मको लेखन, निर्माण तथा निर्देशनको यात्रा तय गरेका हुन् । बुटवल शहरमा किड्स वल्र्ड व्यावसाय सञ्चालन गर्दै आएका कसजुसँग स्थानिय स्तरमा भिडियो फिल्म तथा टेलिफिल्मको निर्माण र निर्देशन गरेको अनुभव छ ।

 

 

अभिनेत्री अरूणिमा लम्साल आमा बनेपछि मुख्य रोलमा ब्याक भएको फिल्म 'पीपल' बारे प्रचार योजना बनाईरहेका कसजुले आफु यस क्षेत्रमा सफल हुने विश्वास व्यक्त गरे । बुटवललाई नै स्थायी थलो बनाएका कसजुले भने- 'कला प्रतिको मोहले गर्दा फिल्म निर्माणमा हात हालेको हुँ । मेहनत गरेको छु । सफल हुने सपना देखेको छु ।' उनको फिल्म पीपलले सामाजिक कथावस्तु अंगालेको छ ।

 

 

दलित महिलामाथि बेकारमा लगाइने लाञ्छनालाई पीपलले बोल्नेछ । अनमोल शर्माको सह-निर्देशन रहेको फिल्ममा आमा अभिनेत्री लम्साल र किशोर खतिवडाको मुख्य रोल छ । बाबु श्रेष्ठको क्यामेरा एवम् रेखा पौडेल र लोचन घिमिरेको संगीत रहेको फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्द्ध निर्देशन छ । नृत्य निर्देशन प्रदीप श्रेष्ठको छ । सम्पादक अनन्त थपलिया हुन् । पीपलको पाल्पा, पोखरा र स्याङ्जामा सुटिङ गरिएको छ ।

 

 

मंसीर महिनालाई रिलिज लक्ष्य राखिएको फिल्म ४० लाखमा निर्माण भएको फिल्म हो । फिल्ममा शुष्मा अधिकारी, अमिर सिंह ठकुरी, ध्रुब कोईराला, रजवल सिलवाल, किरण चित्रकार लगायतको अभिनय छ । फिल्मलाई रेड एप्पल मुभिजले निर्माण गरेको हो ।