
मार्केटमा आफू चल्न हो या दर्शकलाई चलाउन सुमिना धक नमानी खुलेको देखिन्छ । लभ फरेभरको प्रोमो र एउटा गीत सार्वजनिक भएलगत्तै सुमिनाको चर्चा चुलियो । हुनत यसअघि पनि सुमिनाको चर्चा नचुलिएको छैन तर पनि नाईन ओक्लक पछि सुमिनालाई चर्चामा ल्याएको फिल्म 'लभ फरेभर' नै हो ।

बैंशालु उमेरमा समेत आफुलाई सम्हालेकी करिश्मा ढल्कदो उमेरमा किन यसरी एक्सपोज हुन्छिन् ? हरेकको आफ्नै विश्लेषण छ ।

छड्के र बधशाला पछि हाईपमा रहेको फिल्म कर्कश जेठ ३१को शुक्रबार नेपालका करिब ६० पर्दाबाट प्रदर्शनमा आयो । भिडियो तथा विज्ञापन निर्देशनको अनुभव बटुलेका आशिफ शाहको पहिलो फिचर फिल्मलाई विपक्षी दल वैद्य सहित ४२ दलको देश बन्द र असारे झरी बाधक बने ।

इन रिलेसनसिपमा रहेका नायक सिग्देल पनि केकी र वेनिशा दुवैलाई वाच गर्ने गर्छन् । आर्यनकै वास्तविक जीवनमा अत्याधिक मिल्ने केकी र वेनिशा बिचको सम्बन्धमा पनि केही खटपट भएको बताइन्छ । केकी, आर्यन र वेनिशा बिचको यो सम्बन्ध केवल रिलको मात्रै हो ।

लुटबाट चर्चा कमाएका निश्चल अभिनयको अनुभव बारे भन्छन्- 'निर्देशन भन्दा अभिनयको विधा च्यालेञ्जीङ लाग्यो । हरेक दृश्यमा मुड र मेन्टालिटी चेञ्ज गर्नुपर्छ ।'

अहिले सबैतिर चर्चा छ फिल्म 'कर्कश'को । अधिकांश दर्शकहरू मन प्रशन्न पारेर हलबाट निस्किँदै छन् । कर्कशले ४ दिनमा रू ५५ लाख ग्रस गरेको वितरक नरेन्द्र महर्जन दाबी गर्छन् । यही रफ्तारमा फिल्म चलिरहेमा आउँदो शुक्रबारसम्ममा कर्कशले आफ्नो लगानी उठाइसक्ने निर्माता असिम शाह बताउँछन् ।

