
हाल पोष्ट-प्रोडक्सनमा रहेको फिल्म 'माई ब्रदर' ले पनि आफ्नो रिलिज मिती तय गरेको छ ।

बिरालोले छाउरा सारे जस्तै गरि फिल्म फेसबुकले आफ्नो रिलिज डेट सारेको सार्यै गर्न थालेको छ । साउन १५ बाट भाद्र १५ अनि त्यसपछि भाद्र २९ मा रिलिज डेट तय गरिएको यो फिल्म अब भाद्र २२ मा रिलिज हुने बताईएको छ ।

हिरो सुमन सिंहको आज बर्थडे परेको छ । ईमान्दार छवि बनाएका यि हिरोले आज बिहान घर नजिकैको नारायणथानको मन्दिर पुगि नायरायणको दर्शन गरे भने संगै रहेको कृष्ण मन्दिरमा कृष्णजीको बर्थडे वीस गर्न पनि भ्याए ।

२२ विद्या समेट्दै बुधबार साँझ आयोजित म्यूजिक खबर म्यूजिक अवार्डमा फिल्म तर्फको चार विद्यामा किन लाग्छ माया अगाडी देखिएको छ ।

पहिलो सन्तान जन्मिएको तीन महिनामै अर्को गर्भधारण गरेकी अभिनेत्री संचिता लुईटेल दोस्रो सन्तान प्राप्तिका लागि आज अस्पताल भर्ना भएकी छिन् । दोस्रो सन्तानको डेलिभरी डेट आएपछि उनी आज थापाथली स्थित नर्भिक अस्पताल भर्ना भएकी हुन् ।

तुलसी फिल्मको रिलिजका लागि हिरो बिम्लेष अधिकारी आज अपरान्ह अष्ट्रेलिया तर्फ उडेका छन् । क्यामेरा फेसको हिसावमा उनको पहिलो फिल्म तुलसी यहि अगष्ट २६ तारिख (भदौ १० ) मा अष्ट्रेलियाको क्यानबेरामा रिलिज हुँदैछ ।