Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

लफडै लफडाको वारलाई `पिजी`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/12

असोजको तेस्रो साता रिलिज लक्ष्य राखिएको फिल्म वारलाई चलचित्र जाँच पास समितिले पीजी सर्टिफिकेट प्रदान गरेको छ । वारमा देखाइएका द्धन्द्धका दृश्यलाई कारण देखाउँदै हिजो (साउन २७) गते जाँच पास समितिले पिजी प्रमाण पत्र दिएको हो ।

 

बालबालिकाले वारलाई अभिभावकको साथमा हेर्नु पर्नेछ । फिल्ममा अभिनेता विराज भट्टका भाई कृष्ण भट्ट र निता ढुङ्गाना प्रमुख रोलमा प्रस्तुत भएका छन् । फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । लगानी भने सुबोध भट्ट भट्टले गरेका छन् । निर्माण युनिटको विवादले वार युनिट निर्माण ताका मिडियामा राम्रैसँग छाएको थियो । अभिनेत्री शुष्मा कार्कीले सुटिङ सेटमै प्रेमी लगेपछि निर्माण युनिटले उनलाई फिल्मको बिच भागबाट आउट गरेको थियो । शुष्माको रिप्लेसमा नितालाई अनुबन्धित गरिएको थियो ।

 

 

त्यस्तै क्यामेरा पर्सन राजेन्द्र सापकोटा पनि द्धन्द्ध निर्देशक हिमाल केसीसँगको लफडाका कारण बिच भागबाटै निकालिएका थिए । क्यामेरा पर्सन सापकोटाको सट्टामा वारलाई सौरभ लामाले खिचेका थिए । निर्माण युनिटको लफडाका कारण वारको सुटिङ ४० दिनबाट ७५ दिन लम्बिन पुगेको थियो । फिल्मको चालिस लाखको अनुमानित बजेट पनि प्लस भएर करिब ७० लाख पुगेको बताइन्छ ।

 

लफडै लफडाका बिच निर्माण भएको वारले दर्शक प्रतिक्रिया कस्तो पाउँछ ? रिलिज सम्म कुर्नै पर्ला । फिल्म हाल पोष्ट प्रोडक्सनमा छ ।