
आर्यन छबिको फिल्ममा अटाउन नसक्नुको मुख्य कारण थिईन् रेखा थापा । अहिले छबिबाट रेखा अलग्गिएपछि आर्यन छबिराज प्रोडक्सनमा दोहोरिन थालेका छन् ।

कर्कशका चार आँखे दयाले तौल घटाउने बारे अहिलेसम्म कुनै कसरत गरेका छैनन् । मुस्ताङमा १५ दिन कबड्डी खेलेर गत शुक्रबार काठमाण्डौ ब्याक भएका दया भन्छन्- 'पन्ध्र दिनसम्म तौल घटाउने कुनै कसरत गर्दिन ।'

नेपाली फिल्म अब प्रोमो, पोष्टर्स, स्टार पावर र मिडिया हाइपले चल्ने छैनन् । डेढ वर्षको फिल्म बजारको रिजल्टले यस्तै देखाउँछ । यो बिचमा धेरै स्टारहरु चिप्लिए । सामाजिक सञ्जालमा प्रोमो र पोष्टर्स हिट मानिएका फिल्महरु हलमा पुग्दा भने नराम्ररी थला परे ।

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म कर्कशले राजधानीमा जस्तै पूर्वका हलमा समेत उत्साहजनक ओपनिङ गर्न सफल भएको छ । शुक्रबार र शनिबार दुई दिन फिल्मको व्यापार राम्रो भएपनि आज (आईतवार) भएको नेपाल बन्दको प्रभाव पूर्वान्चलमा समेत पर्दा फिल्मको आजको कलेक्सनमा नोक्सानी पुगेको छ ।

सुटिङ हुन्छ हुन्छ भन्दै आएका सुमन दाहालले अब भने साँच्चिकै नै सुटिङ गर्ने बताए । निर्माताको आन्तरिक कारण देखाउँदै सुटिङ हुन नसकेको बताउने सुमनले मंगलबारबाट भने 'एक्सन एण्ड कट' भन्ने जानकारी गराए ।

वाग्लले भनेछन्- '१० लाख दिन्छु, आफ्नो पदबाट राजिनामा दिनुस् । निर्माता संघको व्यवस्थापनदेखी फिल्म क्षेत्रकै समस्यालाई हल गरिदिन्छु ।'

