
जननायक विपि कोईरालाको कृति 'नरेन्द्र दाई' लाई नीर शाहले फिल्ममा उतार्ने तयारी सुरु गरेका छन् ।

वैशाख १२ गतेबाट राजधानीमा सुरु हुने ७ औं अर्न्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव पारेर पहिचान थिममा बनाइएका दुई वटा तामाङ फिल्म 'नालिस' र 'ल्हाप्साङकर्पो'को प्रिमियर हुने भएको छ ।

आफ्नै छोराको नाममा जीवनसाथी फिल्मस्को ब्यानरमा फिल्म निर्माण गरेको बताउदै छोराको कलाकारितामा लाग्ने तिब्र इच्छालाई सम्मान समेत गरेको उनले बताए । त्यसो त फिल्मबाट निर्देशनमा डेब्यु गरेकी दीपा बस्नेत निर्माता बस्नेतको बुहारी हुन् ।

नेपाल चलचित्र विकास बोर्डले धरानमा आयोजना गर्ने भनेर निर्णय गरेको राष्ट्रिय चलचित्र महोत्सव जेष्ठको १५ १६ र १७ गते आयोजना हुने भएको छ । धरानमा शनिबार आयोजना गरिएको सर्वदलिय छलफलबाट महोत्सवको मितिको घोषणा गरिएको हो ।

भावी अध्यक्षको रुपमा दिनेश डिसी र नरेश पौडेल दुई प्यानल देखिएका बेला शनिबारको विशेष साधारणसभाले पूर्व अध्यक्ष केपी पाठकको संयोजकत्वमा सम्पन्न हुने गरि नयाँ निर्वाचन मिति घोषणा गरेको हो ।

एक बर्षअघि नै सविन श्रेष्ठले आफू ब्रेकअप मुडमा रहेको रहस्य सार्वजनिक गरेको स्टेटमेन्टलाई आज पुनः हामी खोल्दैछौ ।

