पैसाको पछाडी भागदौड गर्ने तीन युवाहरूको कथालाई बुनेर निर्माण गरिएको फिल्म 'डफर्स'को अफिसियल प्रोमो सार्वजनिक गरिएको छ । मुकेश आचार्य, बिक्रम आदित्य शाह र युवराज अधिकारीलाई मुख्य पात्र रहेको यो फिल्मलाई असोज महिना तिर रिलिज गर्ने योजना निर्माण युनिटको छ ।
अनन्नय सिने मेकर्सको व्यानरमा निश्चल पौडेलले निर्देशन गरेको कमेडी 'डफर्स'लाई उमेश घोराशैनी, निर्जल पौड्याल, प्रदीप पुरी, प्रभाकर पुडाशैनी लगायतले मिलेर निर्माण गरेका हुन् । फिल्मका प्रस्तुतकर्ता भने मणिराम पौड्याल हुन् । निर्देशक निश्चल र निर्माता उमेशको संयुक्त लेखन रहेको डफर्समा दि एक्स ब्याण्डको संगीत, मनोज कुमार पन्तको छायाँकन तथा रोशन लामिछानेको सम्पादन रहेको छ ।

