कमजोर कानुन र अपराधिक अध्ययन अनुसन्धानमा कमजोर नेपालमा साईवर अपराधी भने बलियो हुँदै गएका छन् । यिनै पस्टाएका साईवर अपराधीलाई तह लगाउन र जनतामा साईवर अपराधका बारेमा जनचेतना फैलाउन 'सञ्जाल' नामक फिल्म निर्माण हुने भएको छ ।
पञ्चविर प्रोडक्सन एण्ड प्रोमोशनले निर्माण गर्न लागेको फिल्म 'सञ्जाल'ले साईवर अपराध न्यून गर्न सामाजिक जागरणमा महत्वपूर्ण भुमिका खेल्न सक्ने निर्देशक श्रीराम दाहालले बताए । यसअघि बुरान नामक फिल्म बनाएर राष्ट्रिय अवार्ड समेत हात पारेका निर्देशक दाहालले कानुन कमजोर भएकाले नै नेपालमा साईरव क्राईम फस्टाएको बताए । 'फिल्मले केहि हदसम्म साईवर क्राईमलाई रोक्न मद्दत पुर्याउने छ,' निर्देशक दाहालले भने ।
दिपेश सापकोटाको प्रस्तुती रहने फिल्म 'सञ्जाल'मा जे.वि. डिसी, शिखा शाही, बिजय बिस्फोट, सुरेश चन्द र प्रवन भुषालको मुख्य भुमिका रहने छ । यस्तै नायिका बेनिशा हमाल पनि फिल्ममा बिशेष भुमिकामा देखिने छिन् । आईतवार राजधानीमा प्रेस भेटघाटको आयोजना गरि दिईएको जानकारी अनुसार दिपेन्द्र राउतले तयार पारेको स्क्रिप्टलाई पुरूषोत्तम प्रधानले खिच्नेछन् ।
(1).jpg)
शिखा शाही, जे.वि. डिसी र बेनिशा हमाल
यस्तै फिल्ममा बालकृष्ण सेवाचार्यको संगीत, अष्ट महर्जनको द्धन्दनिर्देशन, अन्जय खड्काको ग्राफिक्स, सुरेन्द्र पौडेलको सम्पादन तथा बुद्धिलाल मगरको प्रोडक्सन डिजाईन रहनेछ । श्रावण ३१ गतेबाट काठमाण्डौ उपत्यकामा नै सुटिङ गरिने यो फिल्मको बजेट ३० लाख रूपैंया तय गरिएको छ । कार्यक्रम चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
(1).jpg)
शिखा शाही, जे.वि. डिसी, बेनिशा हमाल र प्रवन भुषाल
बेनिशाको अर्को परिचय 'स्क्रिप्ट राईटर'
.jpg)
सञ्जालमा बिशेष भुमिका निर्वाह गर्न लागेकी नायिका बेनिशा हमालले लेखेको स्क्रिप्टलाई पर्दामा उतारिने भएको छ । सञ्जाल फिल्म निर्माण कम्पनीले नै बेनिशाको स्क्रिप्टमा काम गर्ने घोषणा गरेको हो । कार्यक्रममा बोल्दै नायिका हमालले अबबाट आफ्नो अर्को नयाँ परिचय थपिएको बताईन् । निर्माण कम्पनीलाई धन्यवाद दिंदै नायिका हमालले भनिन्- 'एउटा राम्रो फिल्म दिने हाम्रो प्रयास हुनेछ ।' फिल्मको नाम तथा कास्ट एण्ड क्रु भने सार्वजनिक गरिएको छैन ।

