मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19537 - 19542 of 22639
फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण २६, शुक्रवार

पुरूष वेश्याको कथामा निर्माण गर्न लागिएको फिल्म जिगोलोको गीत रेकर्डिङका लागि संगीतकार अर्जुन पोखरेल आज मुम्बई प्रस्थान गर्दैछन् । साँझको विमानबाट उनी एक साताका लागि मुम्बई जान लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण २६, शुक्रवार

बिहिबार परेको बर्थडेबाट  सुमन सिंह कति औँ बर्षमा प्रवेश गरे भन्ने प्रश्नको सहित उत्तर दिदै अनुपा सुवेदी डेटमा जाने भाग्यशाली बिजेता भएकी छिन् । अनुपाले सुमनको सहि उमेर ३० बर्ष भनी गेस गर्दै डेटमा जाने अवसर पाएकी हुन् ।

 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण २६, शुक्रवार

आज शुक्रबारबाट राजधानी बाहिर र भित्र गरी नयाँ र पुराना चार फिल्म 'धमाका', 'नयाँ नेपाल एक्सप्रेस', 'सौभाग्य' र 'यार्सागुम्बा' रिलिज हुँदैछन् ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण २५, बिहिवार

रहस्यको घैटो फोड्दै निर्माता प्रदीप उदयले आफ्नो अपकमिङ फिल्मलाई दिनेश डिसीले निर्देशन गर्ने रहस्य सार्वजनिक गरेका छन् । एक महिने यूरोप भ्रमणमा निस्कनु अघि बिहिबार साँझ त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थलमा उनले आफ्नो नयाँ प्रोजेक्टलाई दिनेश डिसी बाहेक अरु कसैले न्याय गर्न नसक्ने भन्दै निर्देशकको रुपमा उनलाई  चयन गरिएको बताए ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण २५, बिहिवार

दुर्गिस फिल्म्सको व्यानरमा सुनिल रावलले निर्माण गर्ने भनिएको फिल्म 'होस्टेल' बिरूद्ध उजुरी परेको छ । निर्देशक दिवाकर भट्टराई र लेखक सामिप्य तिमल्सिनाले आफूलाई थाहै नदिई आफ्नो नाम र कन्सेप्टमा सुनिलले फिल्म बनाउन लागेको थाहा पाएपछि सो नाम र कन्सेप्टमा फिल्म बनाउन नदिन चलचित्र विकास बोर्डमा उजुरी परेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण २५, बिहिवार

अनमोल केसीलाई लिड रोलमा खेलाउने भन्दै प्रचारवाजी गर्दै आएको ब्ल्याक डायरी यूनिटले अन्तत: भुवन केसीको केमियो रोलमा चित्त बुझाउनु परेको छ ।

Results : 19537 - 19542 of 22639