Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

औपचारिक रुपमा खोलियो भिमदत्तको कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/08/12

सुटिङ सकेर पोष्ट प्रोडक्सनमा रहेको फिल्म भिमदत्त युनिट पहिलो पटक औपचारिक रुपमा मिडियामा प्रस्तुत भएको छ । फिल्मबारे औपचारिक जानकारी गराउन अनामनगर स्थित युनियन हाउसमा प्रेस मिट आयोजना गरिएको थियो । कार्यक्रममा निर्माण युनिट सहित एक दर्जन सञ्चारकर्मीको सहभागिता थियो ।

 

पर्दाका भिमदत्त एवम् निर्माता नवल खड्काले अवरोध खडा हुने आशंकाले सुटिङ अगाडी मिडियालाई फिल्म निर्माण बारे औपचारिक खबर नगरिएको बताए । कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले भने- 'फिल्म दशगजा निर्माण नगर्न हामीलाई भारतीय सैनिकले समेत दबाब दिएको थियो । दशगजामा आएको समस्या भिमदत्तमा पनि आउने देखिएकाले गुपचुप रुपमा सुटिङ गरिएको हो ।'

 

भिमदत्त डेव्यु निर्देशक हिम ग्याप टासीले अन्य प्रोजेक्टलाई छाडेर भिमदत्तका निर्देशन गरिएको बताए । फिल्मले ऐतिहासिक दस्तावेजलाई सुरक्षित गर्ने उनको भनाई थियो । फिल्मका कथाकार एवम् संगीतकार मणी थापाले भिमदत्त रिलिज पश्चात भिमदत्त पन्तलाई शहीदको तालिकामा राख्न सरकारलाई दबाब सृजना हुने धारणा राखे ।

 

 

त्यस्तै अभिनेत्री निशा अधिकरीले ऐतिहासिक फिल्मको हिस्सा बन्न पाउँदा आफुलाई खुसी लागेको बताइन् । फिल्ममा अनुसन्धानकर्ताको भुमिका निर्वाह गरेकी निशाले भनिन्- 'अन्य महिला मेजर क्यारेक्टर भएको फिल्मलाई छाडेर भिमदत्त खेल्ने निर्णय गरेकी हुँ । भिमदत्तको जन्म स्थान पुगेर सुटिङ गर्दा गर्व लाग्यो ।' सर्वोच्च शिखर सगरमाथाको सफल यत्रा गरेकी निशाले गाउँमा नेपाली फिल्मको लागी सुन्दर कथा रहेको समेत बताइन् ।

 

 

भिदत्तको पत्नी पार्वती देवीको भुमिकामा प्रस्तुत भएकी अभिनेत्री सुमिना घिमिरेले पनि भिमदत्त खेल्न पाउँदा खुसी लागेको बताइन् । पछिल्ला केही फिल्ममा बोल्ड देखिएकी सुमिनाले भनिन्- 'भिमदत्तमा मैले टिपिकल गाउँले महिलाको भुमिका निभाएको छु । डडेलधुरा गएर सुटिङ गर्दा दुःख के हो ? भन्ने कुरा बुझ्ने मौका पाएँ ।' काठमाण्डौ देखि भिमदत्तको जन्मस्थान काली गाउँ सम्म खिचिएको फिल्ममा श्रीराम पुँडासैनी, एमएस अग्रज लगायतको अभिनय छ ।

 

 

भिमदत्तका छायाँकार विष्णु कल्पित हुने भने पटकथा एवम् संवाद शिवम अधिकारीको छ । करोड नजिक लगानी दाबी गरिएको फिल्मको रिलिज डेट घोषणा गरिएको छैन । प्रेस समारोहमा फिल्म खिच्दाको भिडियो टेपलाई पनि देखाइएको थियो ।