Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर्भय मार्फत विराजको पुनरागमन

फिल्मीखबर, काठमाण्डौ, 2013/08/12

अभिनेता विराज भट्टका शुभ चिन्तकलाई खुसीको खबर । विराजले नेपाली फिचर फिल्ममा पुनरागमन गर्ने भएका छन् । केही वर्ष देखी भोजपुरी फिल्ममा व्यस्त विराजले निर्भय नामक नेपाली फिचर फिल्म खेल्ने सहमती गरेका छन् ।

 

पारिवारिक भेटघाटका लागि केही साता अघि नेपाल आएका विराजले निर्भयका प्रस्तुतकर्ता सुशिल पोखरेल र निर्माता नरेन्द्र महर्जनसँग फिल्म खेल्ने सहमती गरेका हुन् । निर्भयको निर्देशन सविर श्रेष्ठले गर्नेछन् । विराजको पुनरागमन बारे निर्भयका प्रस्तुतकर्ता पोखरेल भन्छन्- 'नेपाली फिल्ममा स्टारडमको अभाव खड्किएर विराजलाई खेलाउन लागिएको हो । नेपाली फिल्ममा स्टारडमको आवश्यकता छ ।'

 

निर्भयमा विराजको रोल पुलिस अफिसर्सको हुनेछ । सिङ्गो फिल्म सच्चा पुलिस फोर्स माथि केन्द्रित रहने उनको भनाई छ । विराजको अपोजिट एक्ट्रेसको लागि भने अभिनेत्री प्रियंका कार्कीसँग कुरा भैरहेको प्रस्तुतकर्ता पोखरेलले बताए । यो वर्षको माघ महिनाबाट फ्लोरमा जाने निर्भयमा सुरेश अधिकारीको संगीत एवम् कृष्ण श्रेष्ठको छायाँकन रहनेछ । फाईट डाइरेक्सन भने हिमाल केसीले गर्नेछन् ।

 

साठी लाख अनुमानीत बजेट छुट्याइएको फिल्मलाई काठमाण्डौ, पोखरा र हेटौंडामा सुटिङ गरिनेछ । फिल्मलाई २०७१ सालको दशैंमा रिलिज गर्ने लक्ष्य छ । नेपाली फिल्म क्षेत्रमा एक समय हिट मानिएका विराज भट्ट अहिले भोजपुरी फिल्मका नम्वर तीन अभिनेता भित्र अटाउँछन् । भोजपुरी फिल्म बजारमा हिट हुँदै गएका विराजको नेपाली फिचर फिल्मको पु्नरागमनलाई फिल्म क्षेत्रले पक्कै स्वागत गर्नेछ । तर, दर्शकको प्रतिक्रिया लिन भने लामै समय सम्म कुर्नु पर्ला ।