Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिग बोस पाहुनामा मनिषा दोस्रो नेपाली

फिल्मीखबर, काठमाण्डौ, 2013/08/13

भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सातौं संस्करणको बिग बोसमा जनाउने छिन् । यद्पी सेम्टेम्वर देखि कलर्स टेलिभिजनबाट प्रसारण हुने बिग बोस सहभागीको नाम भने आधिकारीक रुपमा बाहिर ल्याइएको छैन ।


पाठेघरको क्यान्सर मुक्त जीवन बिताइरहेकी मनिषाले नेपालको तर्फबाट बिग बोसमा दोस्रो पटक प्रतिनिधित्व गर्दै छन् । बिग बोसको पाँचौ संस्करणमा यसअघि नेपालको प्रतिनिधित्व गर्दै विश्व विख्यात अपराधी चाल्र्स शोभराजकी प्रेमिका भनिएकी निहिता विश्वासले सहभागीता जनाएकी थिइन् । नेपाली करावासमा रहेका शोभराजकी प्रेमिका निहिता बिग बोसको अन्तिम चरण सम्म भने पुग्न सकिनन् ।


बिग बोसको ७ औ संस्करणमा नेपाली चेली मनिषा सहित बाबा राम देव, पुनम पाण्डे, एकता कपुर, करण जोहर, क्रिकेटर युवराज सिंह, हरभजन सिंह लगायतले सहभागीता जनाउने बताईएको छ । बिग बोसको यो संस्करणलाई बलिउड अभिनेता सलमान खानले सञ्चालन गर्नेछन् ।


पाठेघरको क्यान्सर पछि पुजापाठसँगै स्वास्थ्य लाभ गरिरहेकी मनिषा कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । क्यान्सर पश्चात एकान्त प्रेमी बनिरहेकी मनिषाले बिग बोसको घरलाई कस्तो पाउने छिन् ? शो सुरु भएपछि थाहा हुनेछ ।