Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर्वाचनमा फिल्मकर्मी : लाईक या कमेन्ट ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/13

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार वैद्य सहित ३३ दलको वार्तामा व्यस्त छ । यदि वैद्य नेतृत्व दलसँग वार्ता सफल नभएमा मंसिरको निर्वाचन नहुन सक्ने बताइन्छ । वार्ता सफल भएर चुनाव होला या नहोला ? तर नेपाली फिल्मकर्मीले चुनावी टिकट पाऊँ भन्दै राजनीतिक शक्ति केन्द्र धाउने कसरत सुरु गरेको भने लामै समय भैसक्यो ।

 

अभिनेत्री रेखा थापा देखि अभिनेता भुवन केसी र निर्देशक दिनेश डिसी सम्म अहिले चुनावी चक्करमा छन् । सबैले आफ्नै तवरबाट शक्ति केन्द्रसँग लवी गरिरहेका छन् । एमाओवादीको तर्फबाट अभिनेत्री थापा गृह जिल्ला मोरङ र नेकपा एमालेको तर्फबाट निर्देशक डिसी ईलाम क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन् । यस्तै अभिनेता भुवन केसीले पनि नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्रको लागि टिकट पाउन कसरत गरिरहेका छन् ।

 

निर्माता तथा अभिनेता रोज राणाले पनि टिकट पाए चुनाव लड्ने छनक देखाएका छन् । सुशिल कोइराला नेतृत्वको नेपाली काङ्ग्रेस पार्टीले टिकट उपलब्ध गराएमा गृह जिल्ला प्यूठान क्षेत्र नम्बर २ बाट रोजले चुनावी उम्मेरद्वार दिने छन् । गत निर्वाचनमा प्युठानको दुवै क्षेत्रबाट एमाओवादी उम्मेरद्वार विजयी भएका थिए । आगामी चुनावमा भने प्युठान क्षेत्र २ मा एमाले नेता वामदेव गौतम उठ्ने चर्चा छ ।

 

 

आफ्नो उम्मेरद्वारीलाई लिएर रोज भन्छन्- 'पार्टीले उपयुक्त ठाने म चुनावी मैदानमा उत्रन तयार छु । मैदानमा बल र बुद्धि दुवै प्रयोग गर्नेछु ।' नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष समेत रहेका राणा थप्छन्- 'पार्टीले टिकट उपलब्ध गराएमा मेरो चुनावी एजेन्डा भित्र फिल्म क्षेत्रको मुद्धा पनि समावेश हुनेछ ।' नेपाली काङग्रेसको नेतृत्व पङ्तीसँग नजिक रहेका रोज केही साता अघि विदेश भ्रमणमा रहेका सभापती सुशिल कोइरालालाई एयरपोर्टमै स्वागत गर्न पुगे ।

 

एयरपोर्टमा उनले सभापती कोइरालासँग तस्बिर पनि खिचाए र सामाजिक सञ्जाल फेसबुकमा तस्बिर अपलोड गर्दै लेखे, 'विथ सुशिल दाइ' । रोजले अपलोड गरेको क्याप्सन सहितको तस्बिरमा दुई सय माथिले लाईक र दर्जन बढीले प्रतिक्रिया जनाएका छन् । तस्बिरमा जस्तै टिकेट लिएर चुनावी मैदानमा जाँदा राणा सहितका कलाकारलाई जनताले कत्तिको लाइक या कमेन्ट गर्छन् ? चुनावी नजिताले नै देखाउनेछ ।