Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

बाढी प्रभावितका लागी चेन्नइको च्यारिटी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/13

नेपालको पश्चिम क्षेत्रका बाढी प्रभावितको सहयोगार्थ शाहरुख खान स्टार फिल्म चेन्नइ एक्सप्रेसको च्यारिटी शो गरिएको छ । नेपाल वितरण कम्पनी दर्शना आर्टस्ले हिजो (साउन २९ गते) साँझ ७ बजे कमलपोखरी स्थित बिग सिनेमा हलमा चेन्नइको च्यारिटी गरेको हो ।

 

 

 

चेन्नइको च्यारिटीमा मिस प्यासेफिक एसिया हिमाङ्गिनी सिंह र मिस फेमिना मिस इण्डिया २०१३को प्रतिष्पर्धी अक्षिता अग्निहोत्री मुख्य आकर्षकको केन्द्रमा थिए । दर्शना आर्टस्को निमन्त्रणामा पहिलो पटक नेपाल आइपुगेका दुई सुन्दरीले च्यारिटीमा सहभागी हुन पाउँदा खुसी लागेको अनुभव साट्दै आयोजक कम्पनीलाई धन्यावाद दिए । हिमाङ्गीनि र अक्क्षाताले उपस्थित दर्शकसँगै शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्मलाई पुरै समय हेरेका थिए ।

 

 

 

अभिनेत्री प्रियंका कार्कीद्धारा सञ्चालित छोटो औपचारिक कार्यक्रममा दर्शनका म्यानेजिङ डिरेक्टर दिपक अधिकारीले सामाजिक दायित्वलाई महसुश गरेर चेन्नइको च्यारिटी गरिएको बताए । च्यारिटीबाट एक लाख नजिक रकम संकलन भएको रिपोर्ट छ । संकलित रकममा थप गरेर बाढी प्रभावितलाई चाँडै हस्तान्तरण गरिने दर्शनाका सियीओ सुरेश दर्पण पोखरेलले बताए । चेन्नइको च्यारिटीमा फिल्मकर्मी, नेपाल सुन्दरी सहित विजनेस पर्सनको उपस्थिति थियो ।