अभिनेता अर्पण थापाको स्क्रिप्ट माथि मुखौता (मास्क) नामक फिल्म निर्माण हुने भएको छ । अभिनेता थापा र प्रतिक गुरुङको स्क्रिप्ट माथि बन्ने फिल्मका मुख्य कास्ट एण्ड क्रु गोप्य राखिएको छ ।
स्क्रिप्टको दशौं संस्करणमा व्यस्त अर्पणले फिल्मीखबर समक्ष भने- 'केही सातामा मुखौता बारे सबै कुरा सार्वजनिक गर्नेछौं ।' अर्पणको स्क्रिप्ट माथि यसअघि धन्दा फिल्म निर्माण भैसकेको छ भने मौन प्रदर्शनको क्रममा छ । बेरोजगार युवाको कथा धन्दालाई सुदर्शन थापा र मौनमा सुरज भुषालको निर्देशन छ ।
डार्क एक्सन र क्राइमको स्टोरीमा बन्ने फिल्म मुखौतामा अभिनेत्री नम्रता श्रेष्ठको सम्भाव्यता रहेको बताइन्छ । मौन र मेघा फिल्म रिलिजको पर्खाइमा रहेकी नम्रताले मुखौता बारे भनिन्- 'स्क्रिप्ट राम्रो छ । समय मिले रिजेक्ट गर्ने छैन ।' तीन/चार फिल्मको स्क्रिप्टमा व्यस्त नम्रताले अभिनेता आर्यन सिग्देलको फिल्म नेभेम्वर रेनमा खेल्न भने समहती जनाएकी छिन् ।
निर्देशक देखी फिल्म निर्माण कम्पनी सम्मको नाम गोप्य राखिएको मुखौताको आउँदो जनवरी देखि सुटिङ प्रारम्भ हुनेछ ।

