Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजिनामाको भोली पल्टै पौडेलको राप्रपा नेपाल प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2013/08/14

हिजो मंगलबार गोपीकृष्ण मुभिज प्राली, गोपीकृष्ण इन्टरटेनमेन्ट तथा नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको अध्यक्ष पदबाट राजिनामा दिएका उद्धव पौडल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष पौडेलसँगै गायक तथा म्यूजिक एरेञ्जर संजय श्रेष्ठले पनि राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

 

पार्टी कार्यालय धुम्वाराईमा अध्यक्ष कमल थापाले पौडेल र श्रेष्ठलाई अबिर र माला पहिराएर स्वागत गरेका थिए । पार्टी प्रवेशको बधाई थाप्दै अध्यक्ष पौडेलले भने- 'बाँकी जीन्दगी सक्रिय राजनीति र समाजसेवामा बिताउनेछु ।' कार्यक्रममा गायक तथा एरेञ्जर श्रेष्ठले राप्रपा नेपाल प्रवेश गर्न पाउनु आफ्नो लागि खुसीको कुरा रहेको बताए । अध्यक्ष थापाले भने आजको घडीलाई पार्टीले महत्वपूर्ण रुपमा लिएको बताए ।

 

भर्खर मात्रै एनफडिसी राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेका अध्यक्ष पौडेलले तीन वटै संस्थाको जिम्मेवारी आफ्नी छोरी निकिता पौडेलललाई सुम्पेका छन् । यसअघि अभिनेत्री रेखा थापा एमाओवादी र अभिनेता भुवन केसी एमाले पार्टीमा फूल माला पहिरिएर प्रवेश गरिसकेका छन् । आगामी संविधान सभाको टिकट हात पार्ने दाउले फिल्मकर्मी माझ पछिल्लो समय पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।