Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

केकीले रूवाईन् दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2013/08/14

नवल नेपाल निर्देशित फिल्म महसुश वियोगान्त फिल्म हो । पारिवारिक कथावस्तुको महसुशले नेपाली फिल्मका दैनिक दर्शकलाई बाँध्न सक्ने प्रिमियरमा सहभागिको प्रतिक्रिया रह्यो ।

 

फ्राइडे रिलिज महसुशको आज बिहान जय नेपाल हलमा प्रिमियर गरिएको थियो । जहाँ निर्माण युनिट सहित सञ्चारकर्मी एवम फिल्मकर्मीको महसुश हेर्न आईपुगेका थिए । अभिनेता आर्यन सिग्देल भने मधुमास सुटिङका लागि लुम्बिनी गएकाले प्रिमियरमा उपस्थित भएनन् ।

 

अभिनेत्री केकी अधिकारीले महसुशमा निर्वाह गरेको गौरी पात्रलाई प्रिमियरमा उपस्थितले अत्याधिक रुचाए । शहर नजिक गाविसकी गौरीले दर्शकलाई हाँसो सँगै रुवाइन् पनि । गाउँले लवजमा गौरी बोल्दा दर्शक खित्का छोडेर हाँसे भने मृत्यु शैयामा पुगेकी आमा (मिथिला शर्मा) प्रतिको करुणालाई देखेर दर्शकका आँखा रसाए । 

 

पर्दामा आर्यनको सेक्रेटरी प्रेमिकाको भुमिका निर्वाह गरेकी विद्या (वेनिशा हमाल)ले भने दर्शकलाई निराश पार्ने छैनन् । अभिनेता आर्यन सिग्देलले यस अघिका फिल्ममा जस्तै लभर व्यायको भुमिका निर्वाह गरेका छन् । एक विजनेस कम्पनीका मालिक अभिनेता सिग्देलले अन्त्यमा गौरी र विद्या मध्ये कस्को साथ पाउनेछन् ? साउन ३२ सम्म प्रतिक्षा गर्नुहोला ।

 

 

फिल्म देशभरका अधिकांश पर्दामा प्रदर्शन हुँदैछ । कल्याण घिमिरे निर्मित महसुशमा आर्यन, केकी, वेनिशा र मिथिला शर्माको साथमा निर शाह, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय छ । फिल्ममा संगीत सुरेश अधिकरीको छ । दिव्य सुवेशीको सिनेम्याटोग्राफी रहेको महसुशमा पटकथा भने स्वयम निर्देशक नेपालकै हो ।