देशमा अहिले राजनैतिक चलपहल निकै बढेको छ । मंसिरमा चुनाव होला नहोला तर राजनेता र कार्यकर्ताहरूलाई भने चुनावी रौनकले छोएको छ । यहि राजनीतिको कथाबस्तु बोकेको फिल्म 'राजनीति' पनि अहिले चर्चामा छ ।
बिएन फिल्सको व्यानरमा दीपक सुवेदी र दीपक कुमार भट्टराईले निर्माण गरेको फिल्म 'राजनीति' यहि भाद्र २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । फिल्ममा राजेश हमाल र कोमल ओलीलाई राजनेताको रूपमा देख्न सकिन्छ । देशका नेताहरू प्रति जनताको धारणा नकारात्मक भईरहेका बेला यि दुई पात्रले दर्शकमा कस्तो छाप छोड्लान् त ? चासोको बिषय बनेको छ । देशको राजनीति फ्ल्प भए पनि फिल्म राजनीतिबाट हिट हुने आश राखौं ।
राजेश र कोमलको अनस्क्रिन रोमान्स रहेको यो फिल्मले देशको राजनैतिक बिषयलाई आफ्नो मुख्य बिषय बनाएको निर्देशक बसन्त निरौला बताउँछन् । राजेश र कोमलको साथमा दीपक कुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यको पनि मुख्य भुमिका रहेको यो फिल्ममा अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायाँकन तथा अष्ट महर्जनको द्धन्द रहेको छ ।
आज सार्वजनिक गरिएको राजनीतिको ३० सेकेन्डको प्रोमो हेर्नुस्

