
चलचित्र पत्रकार संघ सर्लाही–महोत्तरी शाखाले जिल्लाका रंगकर्मीहरुलाई सम्मान गर्ने भएको छ । शाखाले रंग क्षेत्रमा क्रियाशिल सर्लाही र महोत्तरीका रंगकर्मीहरुलाई सम्मान गर्न लागेको हो ।

गत बर्ष भदौ ४ गते पहिलो सन्तानलाई जन्म दिएकी संचिता लुईटेलले उही मितीमा अर्को सन्तानलाई जन्म दिएकी छिन् । उनले हिजो साँझ छोरीलाई जन्म दिएकी हुन् ।

विगत एक दशक देखि हाल सम्म नम्बर वान हिरोईनको ट्याग पाईरहेकी रेखा थापाको आज बर्थडे परेको छ । कलिउडकी यि नम्बर वान हिरोईन मन्दिर जान नमिल्ने भएपछि उनको बर्थ डे योजनामा केही असर पर्यो तर साँझ घरमा आयोजना हुने पार्टीका लागि उनको तयारी तिब्र छ ।

श्रोत अनुसार स्क्रिप्ट राईटर माथि नम्रता हावी भएपछि कलिउड टिमले नम्रताको विकल्प खोजेको हो तर निर्देशक नवराज आचार्यले यि सव कुराको बचाउ गर्दै नम्रतासंग लिएको टाईममा सुटिङ सुरु गर्न नसकेकाले हिरोईन फेर्न बाध्य भएको बताए ।

पोष्ट-प्रोडक्सनको काम नसिकएको कारण देखाउदै धुँवा यो नशा युनिटले आफ्नो रिलिज डेट दुई महिना पर धकेलेको छ । यहि भदौ २२ देखि सुरज सुब्बा निर्देशित प्रतिक्षित फिल्म फेसबुकसंगै रिलिज मैदानमा उत्रिन लागेको सो फिल्म कात्तिक ३ गतेका लागि सरेको हो । यध्यपी कात्तिक ३ गते नेपालका भरका दर्शकले उक्त फिल्म हेर्न पाउने छैनन् ।

राजु गिरीको निर्देशन तथा मधुकुमार श्रेष्ठको लगानीमा निर्मित रोमान्टिक फिल्म बिन्दासको टोली बिन्दास तरिकाले प्रोमोशनमा जुटेका छन् । टोलीले रिलीज डेटको पुर्वसन्ध्यामा प्रचारप्रसारका लागी मोफसल अर्न्तगत सोमबार नारायणगढको इन्द्रदेव चलचित्र भवनमा च्यारिटी सो गरेको छ ।