
फिल्ममा बर्दीमा देखिने यी कलाकार यतीबेला भने माया प्रेमको गीत गाउँदै नाच्न व्यस्त छन् ।

लोफर र काली बिच हलमा हुने खेलको रिजल्ट जे जस्तो आएपनि मोरङकी रेखा थापाले पुनः अर्को चर्चाको काम गरेकी छिन् । छविराज ओझासँग फिल्म निर्माणको सहकार्य तोडेका निर्माता तथा निर्देशक नरेश पौडेल कालीमा ईन्ट्री भएका छन् ।

अभिनेत्री शुष्मा कार्की फरक लुक्समा भेटिइन् । उध्रेको चोली आईटम गर्ल शुष्मा चापागाइँ फिल्म सुटिङ स्टुडियोमा सिउँदोमा सिन्दुर र मङगलसुत्र लगाएको अवस्थामा थिइन् । अनुप्रस्थ ब्यान्डका भोकलिस्ट नरेनसँगको व्रेक ह्याङमा रहेकी शुष्मा स्टुडियोको सेटमा भने हर्षित देखिन्थिन् ।

अभिनेता उत्तम प्रधान फिल्म निर्देशनमा निस्किएका छन् । दर्पण छायाँ हिरोले दर्पण छायाँकै सहपाठी दिलिप रायमाझीलाई लिएर फिल्म निर्देशन गर्दैछन् ।

चपली हाईट निर्माणसँगै चर्चामा आएका निर्माता अर्जुन कुमारले एक बर्ष अगाडी घोषणा गरेको फिल्म 'फाटेको जुता'को लागि स्क्रिप्ट राईटिङ कम्पिटिसन गराउँदै छन् ।

छाडा र अश्लिल भन्दै प्रदर्शनमा रोक लागेको फिल्म 'एटिएम'का लाज नमानी खुलेकी नायिका जीया केसी फिल्म 'रङ वे'मा पुन: लाजै नमानी खुलेकी छिन् ।

