तीजको बारेमा धेरै गीत बने । थोरै हिट बने तर कालजयी एउटा मात्र गीत बन्यो । गौरी मल्ल अभिनित फिल्म 'कन्यादान'मा समावेश 'तिजको रहर आयो बरिलै' बोलको गीत अहिले पनि उत्तिकै चर्चामा छ ।
तीज समारोहमा यो गीत बजेन भने लाग्छ तीज आएकै छैन । यहि तीजको गीतलाई मञ्जु थापाले रिमेक गरेकी छिन् । ओर्जिनल गीतमा फिचर गरिएकी गौरी मल्ल यस रिमेक गीतमा मिस भएकी छिन् । गौरीको स्थानमा अभिनेत्री करिष्मा मानन्धरलाई राखेर फिचर गराईएको छ । ओर्जिनल गीतमा नृत्य गरेका अन्य दुई अभिनेत्री बसुन्धरा भुषाल र सुभद्रा अधिकारीलाई भने रिमेक गीतमा पनि नचाईएको छ ।
ओर्जिनल गीतलाई यो रिमेक गीतले कत्तिको न्याय गरेको छ ? भिडियो हेरेर आफै छुट्याउनुस् ।

