Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`डि सिने`अवार्डका लागि फिल्म हेर्न शुरू

फिल्मीखबर, काठमाण्डौ, 2013/08/24

छायाँछवि क्रियशनले विगत पाँच वर्षदेखि आयोजना गर्दै आइरहेको 'पाँचौ डि सिने अवार्ड-०७०'को पाँचौं श्रृंखला अन्तर्गत जुरीहरुले फिल्म हेर्ने कार्य शुरु गरेका छन् । नेपाल चलचित्र संघको प्रदर्शन कक्षमा जुरीहरुले फिल्म अवलोकन गरिरहेको छायाँछविले जनाएको छ । 

 

‘डि’ सिने अवार्डमा यसपटक फिल्म लेखक/निर्देशक तथा कलाकार मोहन निरौला, फिल्म निर्देशक एवम् फिल्म पत्रकार विजयरत्न तुलाधर, युवा संगीतकार सन्तोष श्रेष्ठ र मोशन पिक्चरमा व्याचलर गरेकी महिला छायाँकार तथा डकुमेन्ट्री निर्देशक सवनम मुखिया निर्णायक (जुरी) का रुपमा रहेका छन् । विगतको वर्षमा फिल्मीखबर डिजिटल फिल्म अवार्डको रुपमा आएको यो अवार्ड पाँचौं संस्करणमा आइपुग्दा 'एचटिभी फिल्मीखबर डि सिने अवार्ड-०७०' का रुपमा आउने भएको छ ।

 

विगतका बर्षहरु भन्दा आगामी बर्षहरूमा अवार्डलाई परिस्कृत बनाउँदै लैजाने योजनाका साथ अगाडी बढेको छायाँछबिले आगामी कार्तिक १० गते एक भव्य समारोहको आयोजना गरी फाइनल कार्यक्रम गरिने जानकारी गराएको छ । डि सिने अवार्डमा ०६९/७०को आर्थिक वर्षभित्र प्रदर्शनमा आएका डिजिटल फिल्म प्रतिस्पर्धामा रहेका छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।