Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोईनले काटिन् तीन वटा केक

फिल्मीखबर, काठमाण्डौ, 2013/08/24

सली ल फिल्मबाट नायिकाको रूपमा डेब्यू गरेकी अनिता आचार्यले शुक्रबार आफ्नो जन्मदिन मनाईन् । जन्मदिनमा प्राय: एउटा मात्र केक काट्ने गरिन्छ तर यि हिरोइनले भने एकै दिन तीन वटा केक काटिन् ।

 

 

कमलादीमा आयोजना गरिएको 'जोय पपाया सन ग्ल्याम हण्ट २०१३' को बिजेताहरूलाई पुरस्कार वितरण कार्यक्रममा अनिताले आफ्नो जन्मदिनको पहिलो केक काटिन् । जोय पपायाको बिजेता अनितालाई नगद रू. ७१ हजार प्रदान गर्दै आयोजकले जन्मदिन पनि सेलिब्रेट गरेको हो । सोही कार्यक्रममा उपबिजेता अर्की नायिका अशिष्मा नकर्मीलाई नगद रू. २५ हजार र सेकेण्ड रनरअप सपना अधिकारीलाई नगद रू. ११ हजार प्रदान गरियो । उपस्थित सबैले नायिका अनितालाई जन्मदिनको शुभकामना दिए ।

 

 

यस्तै अनिताले दोस्रो र तेस्रो केक भने दरवारमार्ग स्थित एक रेष्टुरेन्टमा आफ्ना साथीभाई तथा परिवारको माझ काटिन् । एकै दिनमा किन तीन वटा केक काटेको ? भन्ने फिल्मीखबरको जिज्ञासामा अनिताले भनिन्- 'माया गरेर केक ल्याईदिनु भयो त्यसैले आएको सबै केक काटें ।' अनितालाई जन्मदिनको शुभकामना दिन उनलाई नै डेब्यू गराएका निर्देशक ऋषि लामिछाने बर्थडे पार्टिमा पुगेका थिए । अनिताले आफ्नो उमेर भने खुलाईनन् ।

 

 

अनिताले अभिनय गरेको फिल्म 'सरी ल' भने रिलिज भईसकेको छैन । निर्देशक लामिछानेले रिलिजका लागि उपयुक्त समयलाई पर्खेको बताए । यस्तै उनले फिल्मको प्रिमियर अमेरिकामा गर्ने तयारी गरेकाले पनि नेपाल रिलिजको टुंगो नलागेको बताए । यो फिल्ममा अनिताको साथमा सुवास थापा, राजन खतिवडा, अञ्जु केसी, मार्टिन खान लगायतले अभिनय गरेका छन् । फिल्मका निर्माता कृष्ण बहादुर महर्जन हुन् ।