पोखरा फिल्म सोसाइटीले फिल्म निर्देशन कार्यशाला गर्ने भएको छ । भदौ ११ देखि १५ गतेसम्म चल्ने कार्यशाला कास्कीको लुम्लेमा हुनेछ ।
कार्यशालामा पोखरा, नवलपरासी, काठमाडौं लगायत ठाउँबाट २५ जना प्रशिक्षार्थी सहभागी हुने पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले जानकारी दिए । अध्यक्ष लामिछानेले निर्देशन गरिरहेका फिल्मकर्मी र फिल्म निर्देशनमा भविश्य खोजिरहेका नयाँ युवालाई लक्षित गरि कार्यशाला गर्न लागेको बताए ।
प्रशिक्षार्थीलाई ओस्कार कलेज अफ फिल्म स्टडिजका को-अर्डिनेटर मनोजबाबु पन्त लगायतले निर्देशन सम्बन्धी कला सिकाउनेछन् । यसै बिच सोसाइटीले आगामी असोज महिनामा डिएसएलआर सिनेमाट्रोग्राफरको कार्यशाला समेत गर्नेछ । सोसाइटीले अब देखि हरेक महिनाको अन्तिम शनिबार राम्रा फिल्म, डकुमेन्ट्रीहरू प्रदर्शन र त्यसमाथी समिक्षा गर्ने जनाएको छ ।

