Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुलपाती रिलिज : काली या लोफरसँग सुमिनाको स्टार

फिल्मीखबर, काठमाण्डौ, 2013/08/23

रेखा फिल्मस्को काली र छविराज प्रोडक्सन हाउसको लोफर एकसाथ रिलिज लाग्ने प्रसंगले असोज २५ को फुलपाती चर्चामा छ । दुवै फिल्म प्रदर्शनको जिम्मा निर्माता छविराज ओझाले लिए पनि फुलपातीमा काली रिलिज हुन्छ या लोफर ? निर्णय भैसकेको छैन ।

 

 

फुलपातीमा काली कि लोफर ? भन्नेमा निर्माता ओझा छलफलमा व्यस्त भैरहँदा फिल्म स्टार निर्माण युनिटले भने फुलपातीमै रिलिज डेट घोषणा गरेको छ । सुनिल मानन्धरले वितरणको जिम्मा लिने गरी स्टार युनिटले फुलपातीमा प्रदर्शन मिति तय गरेको हो । फिल्म देशभरका पर्दामा रिलिज हुने बताइएको छ । रजतपटमा भाग्य चम्काउन चाहने ग्रामीण युवतीको कथालाई मुख्य विषय बनाइएको फिल्ममा सुमिना घिमिरे लिड रोलमा छिन् । साथमा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, गणेश उप्रेतीको पनि अभिनय छ ।

 

 

महेन्द्र बुढाथोकीको निर्देशन रहेको फिल्ममा सञ्चारकर्मी लक्ष्मण सुवेदी र निर्देशक स्वयमको लगानी छ । एउटा साथी मार्फत फिल्म निर्देशनको समेत जिम्मा लिएका लक्ष्मण स्टारको फुलपाती रिलिज बारे भन्छन्- 'व्यापारिक रुपमा फुलपाती उचित मिति ठानेर स्टारको रिलिज डेट तय गरिएको हो ।' सर्वज्ञ शाक्य र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा सुरेश बज्रचार्यको छायाँकन छ । अर्जुन पोखरेलको एउटा म्युजिक कम्पोजमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले समेत स्टारमा स्वर दिएका छन् । नृत्य निर्देशन भने कविराज गहतराजको छ ।

 

 

त्यस्तै पूर्व पति छविराज ओझासँग छुट्टिएर पहिलो पटक अभिनेत्री रेखा थापाले निर्माण गरेको काली फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेत्री थापाको अपोजिटमा किशोर खतिवडा देखिएका छन् । फिल्म पूर्ण रुपमा नारी प्रधान रहेको रेखा बताउँछिन् । बसन्त सापकोटाको संगीत रहेको काली फिल्मको 'स्लोली स्लोली....' बोलको गीत अहिले चर्चामा छ । त्यस्तै छविराज प्रोडक्सनको फिल्म लोफरलाई नव निर्देशक आदित्य विक्रम लम्सालले निर्देशन गरेका छन् । फिल्ममा आर्यन सिग्देल, दयाह्याङ राई, सुशिल राज पाण्डे, कमलमणी नेपाल र रजनी केसी लगायतको अभिनय छ । फुलपातीमा यी फिल्मको व्यापार कस्तो ? प्रतिक्षा गर्रौ ।