
लामो समयदेखि रिसर्च गरेको बताउने रमित ढुंगाना बुद्ध बारे फिल्म निर्माणमा जुटेका छन् ।

जुवाको लतमा लागेपछि कस्को घर उजाड नहोला र ? रातदिन क्यासिनो गई जुवाडे बनेका सुमन सिंहले आफ्नो घर उजाड भएको बताएका छन् ।

अभिनेत्री रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठ बिच सहमती भएको छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको कार्यसमिति सदस्यको रोहवरमा रेजिना र कविता बिच सहमती भएको हो ।

नायिका तथा मोडल रिमा बिश्वकर्मा सञ्चारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरिरहेको फिल्म 'राहदानी'मा आईटम गर्ल बनेकी छिन् ।

निर्माता एवम् वितरक भन्छन्- 'प्रदर्शनरत फिल्म लभ फरेभर र लभ स्टोरी २०६६को सुरुवाती व्यापार सन्तोषजनक छ ।' देशभरका पर्दाबाट प्रदर्शनमा आएका यी फिल्मले वर्षाका बावजुद पनि ठिकैको व्यापार गरेको सम्बन्धीत पक्षको दाबी छ ।

नेपाल चलचित्र विकास कम्पनीले श्रावणमा आयोजना गर्न लागेको राष्ट्रिय चलचित्र पुरस्कारमा मनोनयनमा परेका निर्देशक सुरज सुब्बा 'नाल्बो'लाई बिजेता बनाउन धरानमा भोट अभियान सुरु हुने भएको छ ।

