मिति : २०८२ ज्येष्ठ १८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19453 - 19458 of 22652
फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ११, सोमवार

चलचित्र बिकास बोर्डबाट गणेश भण्डारीको अचानक राजिनामा आउने भएपछि अहिले फिल्म उद्योगमा एक किसिमको राजनीति सुरु भएको छ ।

संजय सौगात, बुटवल, २०६९ भाद्र ११, सोमवार

मनिष पन्थको निर्देशनमा बन्न लागेको फिल्म ‘डिभोर्स’ को सोमबार बुटवलमा शुभमुहुर्त गरिएको छ । मंगलबारबाट सुटिङ शुरू हुने सो फिल्मलाई बुटवल, पाल्पा, पोखरा लगायतका स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ११, सोमवार

प्रदर्शनका लागि तयार भएको फिल्म 'मेरो जीवन साथी' को शिर्ष गीत प्रिमियर गरिएको छ । फिल्म निर्माण युनिटले आफ्नो अफिसियल फेसबुक पेजबाट फिल्मको गीत प्रिमियर गरेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र १०, आईतवार

नेपाली फिल्मकर्मीहरूमा ज्योतिष शास्त्र प्रतिको विश्वास दिन प्रतिदिन बढ्दै गईरहेको पाईन्छ । फिल्म निर्माण तथा प्रदर्शन गर्नु पूर्व साईत जुराउन र सफलताको अंकलन गर्न तथा ग्रह काट्नका लागि फिल्मकर्मीहरू आजभोली ज्योतिषको शरणमा धाउन थालेका निकै उदाहरण छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र १०, आईतवार

राजनीतिक कारण देखाउदै चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले राजिनामा दिने भएका छन् । एकिकृत माओवादी विभाजित भएसंगै उत्पन्न किचलोले भण्डारीको कुर्सीमा पनि ठक्कर लागेको हो । यो पटकको दोस्रो कार्यकाल १३ महिना पुर्‍याएका भण्डारीले मंगलबार सम्ममा राजिनामा दिने निश्चित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र १०, आईतवार

साढे पाँच दशकको रंगकर्मका सम्पूर्ण उतार चढावलाई समेट्दै बरिष्ठ चरित्र अभिनेत्री शुभद्रा अधिकारीले आत्मबृतान्त लेखेकी छिन् । २१ बर्षे नातीको सहयोगमा उनले महिनौ लगाएर आफ्नो आत्मबृतान्त तयार गरेकी हुन् ।

Results : 19453 - 19458 of 22652