
हिरो यशराज गराचले यही असार २८ गते काठमाडौकी स्थायी अञ्जना मिश्रसँग लगन गाँठो कस्दैछन् । स्वर डेव्यु कलाकार यशराजको सुकेधारा बस्तीबाट असार ३० गते बिहान पौने आठ बजे एक सय जना भन्दा बढी जन्तीको टोली मैतिदेवीस्थित अन्नपूर्ण क्याट्रीनमा पुग्नेछ ।

दार्चुलामा हालै आएको बाढीका कारण पीडित भएका सर्वसाधारणलाई राहत संकलन गर्ने उद्देश्यले युवा संघ व्यास नगर कमिटीले च्यारिटी शो गर्ने भएको छ ।

वर्षमा एक सय फिल्म रिलिज भएपनि पाँच हिट गीतको तालिका निकाल्न गाह्रो छ । संगीतको हकमा वर्ष ०६९ यस्तै भयो । फिल्मी संगीतको हालत ठिक नहुनुमा सबैको भिन्न भिन्न विश्लेषण छ ।

अध्यक्ष धर्मेन्द्र मोरवैताको आर्थिक वर्षको ०७० लाख बजेटलाई वोर्ड बैठकले अस्विकार गरिदिएको छ । असार २४ मा चावहिल स्थित वोर्डको कार्यालयमा बसेको बोर्ड बैठकले अध्यक्ष मोरवैताको सत्तरी लाखको बार्षिक बजेट नियम तथा कार्य संगत हुनुपर्ने भन्दै पास हुनबाट रोकेको हो ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री निता ढङ्गाना अभिनित फिल्म दबाब यही साता प्रदर्शनबाट आउँदैछ । सुटिङ ताका राम्रै चर्चा कमाएको दबाब प्रदर्शनको मुखमा आएर भने सेलाएको छ ।

भिमदत्त सुटिङमा व्यस्त अभिनेत्री निशा अधिकारी सामाजिक सञ्जाल फेसबुकमा पनि सक्रिया छिन् । मिसनपैसा डेव्यु यि बाला हिरोईनले आफ्नो फेसबुक वालमा आर्मीको हेलिकप्टर चलाएको तस्बिर अपलोड गरेकी छिन् ।

