Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उत्सव सुटिङ : सौगात सिकाउँछन् जीन्दगी रमाउन

फिल्मीखबर, काठमाण्डौ, 2013/08/25

कुनै औपचारिक कार्यक्रम बिना नै फिल्म उत्सवको छायाँकन प्रारम्भ गरिएको छ । स्क्रिप्ट राईटर कुमार भट्टराई डेव्यु निर्देशक रहेको फिल्मले आज आईतवार कमलादी स्थित एक डान्स बारबाट सुटिङ गर्न सुरु गरेको हो । डान्स बारको सुटिङ सेटमा फिल्मका सम्पूर्ण मुख्य पात्रले टेक दिने निर्देशक भट्टराई जानकारी गराउँछन् ।


निर्देशक भट्टराई भन्छन्- 'आरामले सुटिङ सकाएर ईन्ड क्ल्यापमा मात्रै औपचारिक कार्यक्रम गर्ने योजना छ ।' फिल्मको छायाँकन तालिका २५ दिन तय गरिएको उनले बताए । दुई महिना जसो वर्कसपमा रहेको फिल्मका मुख्य पात्र सौगात मल्ल हुन् । अनुप बराल निर्देशित फिल्म फिटकिरी पछि सौगात उत्सवको सुटिङ सेटमा निस्किएका हुन् । सौगात अभिनित फिटकिरी र सौर्य प्रदर्शनको पर्खाइमा छन् ।


निर्देशक भट्टराई स्वयम पटकथाकार रहेको उत्सवमा सौगात सहित गौरव पहारी, सन्दिप क्षेत्री, मेनका प्रधान, प्रकृति श्रेष्ठ लगायतको अभिनय छ । काठमाण्डौ र जिरीलाई मुख्य छायाँकन स्थल बनाईको उत्सवलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् । मौसमले साथ दिएमा फिल्मको सुटिङ चरिकोटमा पनि गरिने निर्देशक भट्टराईको जानकारी छ । सनुप पौडेल र सुरेश राईको संगीत रहेको फिल्मले जिन्दगीका हरेक पल उत्सवमय हुनुपर्छ भन्ने सन्देश दिन खोजेको छ । उत्सवलाई शेखर कोइरालाले निर्माण गरेका हुन् ।