Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

एक दिन पनि टिकेन करामत

फिल्मीखबर, काठमाण्डौ, 2013/08/25

भदौ ७ गते शुक्रबार प्रदर्शनमा आएका तीन नेपाली फिल्मको व्यापारिक हिसाब राख्न लायकको रहेन । प्रदर्शनमा आएका ग्याम्बलर, करामत र दुई दुना पाँच व्यापारिक रुपमा पूर्ण रुपमा असफल भएको रिपोर्ट प्राप्त भएको छ ।

 

तीन फिल्म मध्ये करामत एक दिनमै ३५ मध्ये आधा जसो हलबाट उत्रियो भने ग्याम्बलरले प्रचार गरे जस्तो व्यापार गर्न सकेन । कमेडी फिल्म दुई दुना पाँच न्यून सुरुवाती व्यापारको दौडमा अगाडी रह्यो । जुवा घर धाउनेको कथालाई मुख्य प्लट बनाएको रमेश बुढाथोकी निर्देशित फिल्म ग्याम्बलरले हलमा कुनै कमाल देखाउन सकेन । काठमाण्डौ वितरक सुनिल मानन्धर भन्छन्- 'नेपाली फिल्म प्रति दर्शकको वितृष्णा बढ्दो छ ।'


अल नेपाल रिलिजमा आएको करामत दुई दिन पनि हलमा टिकेन । यो फिल्म एक दिनमै प्रदर्शन मध्यको आधाजसो हलबाट उत्रिएको रिपोर्ट छ । वितरक मानन्धर भन्छन्- 'करामतको व्यापार टिपोट गर्न खालको छैन ।' एक्सन शैलीको करामतमा सुमन सिंह मुख्य भुमिकामा छन् । फिल्मका निर्देशक दिनेश पौडेल हुन् । यसअघि व्यापारिक हिसाबमा असफल बनेका अभिनेता सुमन सिंह यसपाली पनि सफल भए ।
 

जय किसन बस्नेतको निर्देशन रहेको दुई दुना पाँचको भने अन्य दुई फिल्मको भन्दा व्यापार माथि रह्यो । यो फिल्मको दुई दिने ग्रस कलेक्सन अल नेपालबाट १२ लाख हुन आउने वितरकको रिपोर्ट छ ।


तेस्रो हप्ता प्रदर्शनरत शाहरुख खानको चेन्नई एक्सप्रेसले भने नेपालबाट दुई करोड पचास लाख नेपाली रुपैयाँ ग्रस कलेक्सन गरेको दर्शना आर्टस्को रिपोर्ट छ । शाहरुख खान र दिपिका पादुकोण स्टारर फिल्मले विश्वभरबाट बलिउड फिल्मको व्यापारिक रिपोर्टलाई तोडेको छ । रोहित शेठ्ठी निर्देशित चेन्नई एक्सप्रेसले दुई सातामा दुई सय करोडको ग्रस कलेक्सन गरेको बलिउड बक्स अफिस जनाउँछ ।


त्यस्तै जोन अब्राहम अभितित पछिल्लो प्रदर्शन फिल्म मद्रास क्याफे प्रति दर्शकको भिड त्यती देखिएन । नेपाली मल्टिप्लेक्समा यो फिल्म हेर्न दर्शक उर्लिएनन् । नेपाली मल्टिप्लेक्समा अझै शाहरुखको चेन्नइ एक्सप्रेसको लामो लाइन देख्न सकिन्छ ।