Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वर सम्राटको गीतबाट फिल्मको नाम सापटी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/25

स्वर सम्राट नारायण गोपालद्धारा स्वरवद्ध ‘यो सम्झिने मन छ' शिर्षकलाई सापटी लिएर फिल्म निर्माण हुने भएको छ । निर्देशक गोपाल गौतम भन्छन्- 'स्वर सम्राट नारायण गोपाल प्रति हाम्रो सम्मान हो । फिल्मको कथा माथि शिर्षक मिल्न गएकाले स्वर सम्राटको गीतबाट शिर्षक सापटी लिइएको हो ।'


यही साता फ्लोरमा जाने गरी तयारी हुँदै गरेको फिल्ममा किशोर खतिवडा र नव प्रतिभा आयुष्मा श्रेष्ठको मुख्य अभिनय रहनेछ । साथमा रिदम डेव्यु नायक शोहित मानन्धर,  सम्झना प्याकुरेल र दिनेश शर्मा लगायत मुख्य भुमिकामा प्रस्तुत हुनेछन् ।


पटकथाकार एवम् गीतकार समेत रहेका निर्देशक गौतम भन्छन्- 'माया पिरतीका विविध पक्ष माथि फिल्म आधारित छ ।' यो 'सम्झिने मन छ'मा बसन्त सापकोटाको संगीत छ । बसन्त पछिल्लो समय व्यस्त संगीतकारको कोटीमा पर्छन् । उनको संगीत रहेको रिदम फिल्मको पागल म बन्न सक्छु र नोटबुकको गाला रातै पछि काली फिल्मको स्लोली स्लोली बोलको गीत बजारमा गीत हिट भैरहेको छ ।


शिर्षक सिनेमा इन्टरटेन्मेटको प्रस्तुती रहेको फिल्ममा गणेश कुमार श्रेष्ठको छायाँकन रहनेछ । फिल्मलाई भ्याली बाहिर र विदेशी मुलुकमा समेत छायाँकन गरिने बताइएको छ । फिल्मका निर्माता हरी खनाल हुन् । खनालको फिल्ममा ६० लाख सम्म लगानी रहने दाबी छ । 'यो सम्झिने मन छ'लाई नयाँ वर्षको मुख चैत २८ मा रिलिज गरिने योजना छ ।