Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सुष्माको सबैलाई दाई भन्ने बानी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/25

रजतपटमा साइनो र सम्बन्धले निकै महत्व राख्दछ । यहाँ साइनो लाएर र सम्बन्ध गाँसेर फिल्म लाईनमा भित्रनेको जमात लामै छ । यो जमातमा थोरै सफल र धेरै साइनो र सम्बन्धमै सिमित भएका छन् ।

 

उसो त फिल्ममा स्थापित कलाकार पनि साइनो लाउन पछि छैनन् । दाई, दिदी, बहिनी र भाईको सम्बन्ध रजतपटमा धेरै देख्न पाइन्छ । यी मध्ये कुनै मनले गाँसिएका छन् भने कुनै गाँसिए जस्ता मात्रै देखिन्छन् । कोसँग कस्को सम्बन्ध कस्तो ? भन्ने बिषय चिया गफमा हिट पक्कै हुनेछ ।


साइनो र सम्बन्ध गाँस्न अभिनेत्री सुष्मा कार्की पनि एक कदम अगाडी छिन् । उध्रेको चोली हिट सुष्माले अहिले सम्म आधा दर्जन जति फिल्ममा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी छिन् । फिल्म 'के यो माया हो'मा सुष्मा अभिनेता आर्यन सिग्देलको अपोजिटमा छिन् । त्यस्तै 'मेरो जीवन साथी'मा उनी अभिनेता राजेश हमाल र फिल्म 'विन्दास २'मा जीवन लुइँटेलको अपोजिटमा छिन् । पोष्ट प्रोडक्सनको क्रममा रहेको फिल्म पापमा सुष्माको अपोजिटमा आयुष रिजाल छन् । यसमा सुष्माले विवाहित युवतीको भुमिका निभाएकी छिन् ।


अभिनेता हमाल देखि रिजालसम्म रोमान्स गरेकी सुष्माको साइनो हरेक अभिनेतासँग फरक हुनुपर्ने हो । तर, सुष्मा विपरित छिन् । अविवाहित अभिनेतालाई सुष्मा के भन्लिन् ? सुष्माको सोझो जवाफ छ- 'म त सबैलाई दाई भन्छु ।' आफ्नै उमेर समुहको युवकलाई पनि दाई भन्ने ? बाउन्सर रिलिजको प्रोमोशनमा व्यस्त सुष्मा हाँस्दै भन्छिन्- 'सबै जना म भन्दा पाको हुनुहुन्छ । दाई नभनेर के भन्ने त ?

 

भर्खर मलेसियाको साँस्कृतिक कार्यक्रमबाट नेपाल ब्याक भएकी सुष्मा केही दिन गाईजात्रे कार्यक्रममा पनि व्यस्त हुनेछिन् । तत्काल कुनै फिल्म साइन नगरेकी सुष्माको सबैलाई दाई भन्ने बानीले कत्तिको मन दुखाएको छ ? त्यो मन दुख्नेलाई मात्रै थाहा होला । तर सुष्मा भन्छिन्- 'साइनो त दाई र बहिनीकै राम्रो ।'