
एक लाख घुष काण्डमा फसेका चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेलाई सञ्चारमन्त्रालयले उक्त पदबाट बर्खाष्त गरेको छ । विदेश भ्रमणबाट नेपाल फर्केको भोलिपल्टै मन्त्री राज किशोर यादवले उनलाई सो पदबाट बर्खाष्त गरेका हुन् ।

माओवादीको सशस्त्र युद्धका क्रममा आफन्त हराएका परिवारका पीडालाई सम्बोधन गर्न पत्रकार गणेश पाण्डेले निर्देशन गरेको डकुमेन्ट्री “अन्तिम सन्देश” बुधबार राजधानीमा सार्वजनिक गरिएको छ ।

गत भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आएको राजु गिरी निर्देशित फिल्म बिन्दासले व्यापारिक सफलता पाएको छ । चलिरहेका अन्य फिल्म भन्दा यो फिल्मले राम्रो व्यापार गरेको वितरक तथा हल सञ्चालक बताउँछन् ।

अत्याधिक रक्त श्राव भएपछि अभिनेत्री संचिता लुईटेललाई अस्पताल भर्ना गरिएको छ । गत भदौ चार गते दोस्रो सन्तान जन्माएकी उनलाई हिजो साँझ कुपन्डोल स्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको पारिवारले जनाएको छ ।

नेपाली फिल्मको पब्लिसिटी गर्ने सबैको आ-आफ्नै शैली हुन्छ । कतिले स्क्याण्डल मच्चाएर फिल्मको पब्लिसिटी गर्छन् त कतिले सञ्चारमाध्यमा पब्लिसिटी सामाग्री (गीत, प्रोमो) बजाएर गर्छन् भने कतिले होर्डिङ बोर्डलाई पनि प्रथमिकता दिन्छन् । यस्तै पब्लिसिटीको नयाँ स्वरूपमा फिल्म भिसा गर्ल पनि देखिएको छ ।

ग्रामिण भेगबाट थुप्रै सपना बोकेर शहर पसेका युवाहरूको संघर्षको कथालाई फिल्म 'अन्तराल' मा मुख्य बिषय बनाईएको छ जसको राजधानीमा धमाधम सुटिङ भईरहेको छ ।