सुरज सुब्बा नाल्बो निर्देशित प्रतिक्षित फिल्म बितेका पलको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक नाल्बोले आफ्नो फेसबुक पेज मार्फत उक्त ट्रेलर आउट गरेका हुन् ।
साढे तीन मिनेट लामो ट्रेलरमा अभिनेत्री केकी अधिकारी हाईलाइट भएकी छिन् । सत्य प्रेमकथा माथि आधारित भनिएको फिल्म नै केकीको वरिपरि घुमेको बताइएको छ । केकीलाई बाबु बोगटी र नवप्रस्तुतीको रूपमा दार्जिलिङे ठिटो अबिनाश गुरूङले साथ दिएका छन् । बितेका पलमा राजेश घतानी र क्रिष रिजालको लगानी छ । फिल्मका कथाकार पनि निर्माता घतानी नै हुन् ।
फिल्मका छायाँकार हरि लामा हुन् । डम्बर नेपाली, बाबु बोगटी, रोशन लामा र मोहित मुनालको संगीत रहेको फिल्ममा निलिमा शर्माको कस्ट्युम स्टाईल छ । बिग प्रोडक्सनको व्यानरमा निर्माण भएको बितेका पल पुस २६ गते नेपालमा प्रदर्शन हुनेछ ।

