
डिष्ट्रीब्यटरले कर्कश फिल्म फिक्समा मागेपछि डाईरेक्टर आशिफ साह सहित उनको टिम दोधारमा परेको छ । नम्बर वान डिष्ट्रीब्यूटरको रुपमा चिनिएका नरेन्द्र महर्जनले अचानक कर्कश हेरे पश्चात यो निर्णय गर्दा कर्कश टिम हर्ष र विस्मतको दोधारमा परेको हो ।

नयाँ बर्ष २०७० शुरुवातसंगै नेपाली फिल्ममा केहि आशा गरिएको थियो । बर्ष २०६९ मा धेरै फिल्म रिलिज भएपनि लगानी उठाउन करिव १ दर्जन फिल्महरुमात्र सफल भए । नयाँ बर्षमा भने फिल्मले राम्रो गरोस् भन्ने सबैको कामना थियो तर शुरूवाती दिन भने सोचे अनुरूपको भएन ।

फिल्म डेभलपमेन्ट बोर्डको सल्लाहकार समितिको सभापतिमा अशोक शर्मालाई चयन गरिएको छ ।

बिहे हुन अझै २ महिना बाँकि छ तर हिरो यशराज गरच भने अलि हतारिएको देखिन्छन् । बिहिबार फिल्म साँघुरो प्रिमियरमा हुनेवाली जीवनसंगिनी अञ्जना मिश्रलाई उपस्थित भएका हिरोले बिहे गर्न हतार भएको छनक देखाएका हुन् ।

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'साँघुरो'को बिहिबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर गरियो । फिल्म हेरेपश्चात उपस्थित फिल्मकर्मी तथा सञ्चारकर्मीले निर्माण युनिटलाई राम्रो फिल्म बनाएकोमा धन्यवाद दिए ।

कक्षा १२ को परिक्षा सकिनासाथ फिल्म हेर्न आएकी स्मृति भण्डारीले आफुलाई फिल्मले आँखाभरि आँशु ल्याएको बताईन् ।

