प्रोमोशनका लागि देश दौडाहामा निस्केको फिल्म 'प्रोड्युसर' युनिटले आज बुधबार सर्लाहीमा पत्रकार सम्मेलन गरेको छ । युनिटले सर्लाहीको हरिवनमा पत्रकार सम्मेलन गरेर फिल्मको वारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा निर्माता राजकुमार राईले 'प्रोड्युसर' नेपाली फिल्मका निर्माताहरुकै कथामा बनेको बताए । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका राईले फिल्म निर्माण देखि लिएर प्रदर्शन सम्मका क्रममा निर्माताहरुले भोग्नु पर्ने सुख दु:खका कथा व्यथाहरूलाई प्रोड्युसरले देखाउने पत्रकारहरुलाई जानकारी दिए । प्रोड्युसर फिल्म सर्लाहीको लालबन्दी सहित देशभरका ५१ स्थानमा च्यारिटी शो हुन लागेको कुरा पनि निर्माण युनिटले पत्रकार सम्मेलनमा जानकारी दियो ।
पत्रकार सम्मेलन गरेर प्रोड्युसर युनिट हेटौँडा तर्फ लागेको छ । हेटौँडामा फिल्म बारे जानकारी दिएर टोली चितवन हुँदै पश्चिम नेपाल जाने भएको छ । प्रोमोशन टोलीमा निर्माता राई र प्रस्तुतकर्ता ज्योतीराज राईको साथमा लंका फिल्मका निर्देशक श्याम भट्टराई छन् । आरसी पिक्चर्स र द मिडियाज कलेक्सनको व्यानरमा निर्माण भएको फिल्म प्रोड्युसरमा बाबु बोगटी, श्याम अर्याल, श्वेता भट्टराई, विल्सन विक्रम राई, श्याम राई, पायल रायमाझी लगायतको अभिनय रहेको छ । जनक पराजुली निर्देशित प्रोड्युसरको रिलिज डेट तोकिएको छैन ।

