
दोस्रो कार्यकाल तेर्ह महिना पुगेपछि चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले आज राजिनामा दिएका छन् । आन्तरिक कारण जनाउदै उनले मध्यान्न सञ्चारमन्त्रालय पुगी राजिनामा पत्र बुझाएका हुन् ।

नेपाली फिल्महरूको रिलिज मिती हेरफेर हुने चक्कर चलिरहेको छ । केहि फिल्म एक साता वर सर्दै आएका छन् भने केहि पर-पर धकेलिदै आएका छन् । यहि हेरफेरको लिस्टमा फिल्म खोज पनि परेको छ ।

'ॐ' फिल्मको रिलिज डेट फेरि सर्यो भन्दा सुन्ने र पढ्नेलाई पनि पट्यार लाग्न सक्छ तर के गर्ने सुचना दिन त परि हाल्यो । श्रावण १५, भाद्र ८, भाद्र २२ हुँदै अहिले असोज ५ मा आएर ॐ फिल्मको रिलिज डेटले अन्तिम टुंगो पाएको निर्माता करण क्रेजी बताउँछन् ।

कलाकार हुँदै निर्देशकको समेत ट्याग भिरेका कमलकृष्ण पौडेल हिजोको दिनमा जस्तो देखिन्थे आजका दिनमा उनी त्यस्ता देखिन्नन् । उनको रुपमा पूरै परिवर्तन आएको छ । 'शत्रुलाई पनि नहोस् यस्तो', आफूद्धारा निर्देशित दोस्रो फिल्म फुलस्टपको प्रेसमिटमा उनले फिल्मीखबरसंग आफ्नो पिडा सुनाए ।

डेढ महिना अघि अमेरिका उडेका निर्देशक प्रशन्न पौडेल र हिरो रेश मरहठ्ठाले सुटुक्क फिल्म खिचेको रहस्य बाहिरिएको छ । लोकेशन हन्टका लागि भन्दै अमेरिका हानिएका उनीहरुले ३५ दिने सेडुलबाट फिल्म ईलाभेन्थ स्टिट प्याकअप गरेका हुन् ।

लामो समयको कुराई पश्चात अन्तत: फिल्म भिजिलान्तेको सुटिङ शुरू गरिएको छ । नेपाली फिल्म इतिहासमा पहिलो पटक बन्न लागेको थ्रीडी फिल्म भिजिलान्तेको आज मंगलबार धादिङको गल्छीबाट सुटिङ शुरू गरिंदैछ ।