Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

टासीले बनाउने छन् `सिमलको फूल`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/28

बजारको व्यापार जे होस्, फिल्म निर्माण हुने क्रम तिव्र छ । घाटा नाफा नहेरी निर्माता लगानी गर्न तयार छन् । युवापुस्ताको प्रेमकथालाई मुख्य प्लट बनाएर सिमलको फूल नामक फिल्म निर्माण हुने भएको छ ।

 

प्रताप सुब्बाको पटकथा रहेको सिमलको फूललाई हिमग्याम टासीले निर्देशन गर्नेछन् । टासी फिचर फिल्म भिमदत्तबाट उदाएका निर्देशक हुन् । नवल खड्काको भिमदत्त हाल रेड स्टुडियोमा फस्ट रफ कट चरणमा छ । सिमलको फूल वर्षको अन्त्यबाट मात्रै फ्लोरमा जानेछ । फिल्मको सुटिङ युएस र क्यानडामा गर्ने योजना रहेको निर्देशक टासी बताउँछन् । भन्छन्- 'युएस र क्यानडामा रहेका विद्यार्थी फिल्मका सम्भावित कलाकार हुन् । अन्य कलाकार भने फाइनल हुने क्रममा छन् ।'

 

फिल्ममा लगानी एनआरएन अनुराधा शाहको हुनेछ । भिमदत्तको लगानी पनि उनकै हो । फिल्मको हाल संगीत सिटिङ भैरहेको छ । गीतको शब्द यादव खरेल र चेतन कार्कीले लेखेका हुन् । संगीत शम्भूजित बाँसकोटाको छ । निर्देशक टासी फिल्मको कथा बारे बोल्छन्- 'सिजनमा फुल्ने सिमलको फूल भित्रको भुवाको कुनै महत्व हुँदैन । अहिलको युवा पुस्ताको प्रेमले पनि यस्तै प्रतिविम्वित गर्छ । यस्तै कथालाई सिमलको फूलमा फिल्मीकरण गरिनेछ ।'