

हिरो अर्जुन कार्की सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका छन् ।

नाटक 'अग्निको कथा'बाट दर्शकले बाजेको रूपमा चिन्दै आएका कुशल कलाकार राजकुमार पुडासैनीको परिचय अन्तरालमा आएर फेरिएको छ । हेर्दा बाजे जस्तै देखिने यि कलाकारलाई अहिले चलिरहेको फिल्म 'अन्तराल' हेरेर दर्शकले `बास्टर्ड` भन्न थालेका छन् ।

बाग्मती सफाई गर्न महानायक राजेश हमाल खोला भित्र प्रवेश गरेका थिए । डोको बोकेर निकै बेर फोहर उठाएका हमालले आउँदा दिनमा बाग्मतीमा फोहर नफाल्न अपिल पनि गरे ।

गेम सुरु भएको दश मिनेट पश्चात महानायक राजेश हमाल फिल्डमा उत्रिएपछि कलाकारसंघलाई गेम जित्न हम्मे हम्मे परेको थियो जुन यात्रा सेकेण्ड हाल्फमा दोब्बर हुदा कलाकारसंघको हार भयो ।

चलचित्र विकास बोर्डको आयोजनामा यहि जेष्ठ १८, १९ र २० गते धरानमा हुन लागेको राष्ट्रिय चलचित्र महोत्सवको स्थानीय तयारी बारे जानकारी लिन बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु' आज धरान आएका छन् ।

