कार्तिक ८ गते रिलिज मिति तोकिएको फिल्म 'वार'को भिडियो गीत सार्वजनिक गरिएको छ । मानव सुवेदीले संगित भरेको उक्त गीतमा अभिनेत्री निता ढुंगानासँग अभिनेता बिराज भट्टका भाई कृष्ण भट्टले अनस्क्रिन रोमान्स गरेका छन् ।
.jpg)
चलचित्र जाँच पास समितिले पीजी सर्टिफिकेट प्रदान गरेको एक्सन श्रेणीको फिल्म 'वार'लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । लगानी भने सुबोध भट्ट भट्टले गरेका छन् । सार्वजनिक गीतमा संगीतकार सुवेदीकै शब्द तथा स्वर रहेको छ । मानवलाई अप्सरा घिमिरेले स्वरमा साथ दिएकी छिन् ।
फिल्ममा किशोर भट्टको कथा तथा लगानी, सौरभ लामाको छायाँकन, बनिश शाहको सम्पादन, हिमाल केसीको द्धन्दनिर्देशन तथा बब्बु थापाको करियोग्राफी रहेको छ ।

