Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रञ्जनाले केक काट्दा श्यामको मुटु चिरियो !

फिल्मीखबर, काठमाण्डौ, 2013/09/10

गए राती अभिनेत्री तथा निर्देशक श्याम भट्टराईकी पूर्व पत्नी रञ्जना शर्माले आफ्नो जन्मदिनको केट काटिन् । उता रञ्जनाले केट काटिरहँदा यता पूर्व पती श्यामले आफ्नो मुटु चिरिएको बताएका छन् ।

 

न्यूयोर्कमा आफ्नो जन्मदिन मनाएकी रञ्जनालाई बर्थडे विस स्वरूप श्यामले फेसबुकमा स्टाटस अपलोड गर्दै लेखेका छन्- 'तपाईंले केकलाई काटेर बर्थडे मनाउँदै गर्दा कहिल्लै सोच्नु भएको छ ? कसैको अथाह प्रेम र निष्ठा भरिएको मुटु कुनै दिन तपाईंले यसरी नै काट्नु भएको थियो ।' प्रस्तुत स्टाटस हेर्दा लाग्छ श्याम अझै रञ्जनाको वियोगमा छन् । 'उहाँलाई यो स्टाटस मेरो जन्मदिनको शुभकामना,' श्यामले भने ।

 

फिल्मीखबरसँगको कुराकानीमा श्यामले भनेका छन् -'उहाँले खोलो तर्नु भयो तर लौरो भने बिर्सनु भयो ।' यसबाट के बुझ्न सकिन्छ भने, श्यामले रञ्जनालाई अमेरिका पठाउन धेरै ठूलो कसरत गरेका थिए । तर, रञ्जनाले भने श्यामलाई अमेरिका पुगेपछि वास्ता गरिनन् ।

 

बर्थडे केक काट्दा परिवार सम्झेर रञ्जना रोईन रे ! फिल्मीखबरले श्यामलाई प्रश्न गर्‍यो, तपाईं त रूनु भएन नि ? उनले जवाफ दिए- 'धुजाधुजा भएको यो मन भर्खर सिलाएको छु । अब सम्झेर रोएँ भने यो मन फेरि धुजाधुजा हुन्छ । त्यसैले मैले पनि सम्झन्न र उहाँलाई पनि अब नसम्झन आग्रह गर्दछु ।' कविताको भावमा श्याम थप्छन्-

बिर्सेर फेरि नहेर यहाँ
एक जीवन आँशुमा डुब्छ
निको भैसकेको पुरानो घाउ
अनायसै फेरि बल्झेर दुख्छ

 

 

रञ्जनाको बर्थडे पार्टीमा गायक यम बराल सहितका केहि सेलिब्रेटीको उपस्थिती रहेको बताईएको छ । तीन बर्ष देखि अमेरिकामा नै रहेकी रञ्जनाले नेपाल आएर फिल्म निर्माण गर्ने सोच बनाएको केहि समय अगाडी नै फिल्मीखबरलाई बताएकी थिईन् । उनको यो सोच अझै कायम नै छ ।