
आगामी असोज १२ गतेवाट एकैसाथ नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म भिसा गर्लको प्रोमोशनमा नायिका ऋचा शर्मा यतिवेला पश्चिम धनगढी हुँदै नेपालगंज आइपुगेकी छिन् । आज मात्र नेपालगंज आईपुगेकी नायिका शर्मालाई प्रोमोशनमा साथ दिन नायक तथा फिल्मका निर्माता विनय श्रेष्ठ समेत आज नै नेपालगंज आइपुगेका छन् ।

नेपाली फिल्मको बजार खस्कदै गईरहेको अवस्थामा नेकपा-माओवादी ले सो कुरालाई मध्यनजर गर्दै हिन्दी र अंग्रेजी फिल्मलाई नेपालमा रोक लगाउनु पर्ने माग राखेको छ ।
सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाईएको ७० बुँदे मागपत्रमा यो कुरा उल्लेख गरिएको हो ।

विगत १९ बर्षदेखि महानायक राजेश हमाललाई धर्म दाई मान्दै आएकी मैना सुचिकारको आज निधन भएको छ ।

नायक जीवन लुईटेलले आफू अभिनित फिल्म ब्ल्याक मेलको रहस्य खोलिदिएका छन् । निर्माण युनिटले लुकाउदै आएको कुरालाई जीवनले चुहावट गरिदिएका हुन् ।

अमेरिका पुगिकन हिरोईन रञ्जना शर्माले केही साथीभाई माझ बर्थ डे पार्टी मनाईरहेकी थिईन् तर यो पटकको बर्थ डे माहोल भने निक भिन्नै रह्यो उनको लागि ।

आज साँझ ४ बजेका लागि मन्त्रीपरिषदको बैठक ठाकिएको छ जहाँबाट चलचित्र बिकास बोर्डका लागि नयाँ अध्यक्ष चयन हुने बताईएको थियो तर प्रधानमन्त्री कार्यालयका अनुसार फिल्मसंग सम्बन्धीत कुनै पनि एजेन्डा आजको बैठकका लागि तयार गरिएको छैन ।