फ्राइडे रिलिज बलिउड फिल्म ग्रान्ड मस्तिका कलाकारले नेपाली दर्शकलाई सम्बोधन गरेका छन् । कमेडी फिल्मका मुख्य कलाकार विवेक ओब्राय, रितेश देशमुख र अफतावले नेपाली दर्शकलाई आफ्नो फिल्म हेर्न आग्रह गरेका छन् ।

ग्रान्ड मस्तीको नेपाल वितरण जिम्मा लिएको दर्शना आर्टसले कम्पनीले विवेक, रितेश र अफतावसँग लिएको भिडियो टकमा उनीहरुले फिल्म हेरेर मज्जा लिन नेपाली दर्शकसँग अनुरोध गरेका छन् । सवा एक मिनेटको भिडियो टकमा उनीहरुले भनेका छन्- 'यदि नेपालीमा ग्रान्ड मस्ति सफल भएमा हामी काठमाण्डौ आउने छौं ।' नेपाली भाषा मज्जैले बोलेका अभिनेता ओब्रायले भनेका छन्- 'धेरै मिठो फिल्म छ । वि लभ यू नेपाल !'
फिल्म यही शुक्रबार देखि नेपाल सहित विश्वका थिएटरमा रिलिज हुँदैछ । दर्शना आर्टस्ले यसअघि शाहरुख खान र दिपिका पादुकोण स्टारर चेन्नइ एक्सप्रेसको वितरण गरेको थियो । ग्रान्ड मस्तीले नेपालमा कस्तो व्यापार गर्छ ? शुक्रबार सम्म प्रतिक्षा गर्रौ । नेपालमा फिल्म सफल भएर कलाकार नेपाल आउलान् ?

